सुन्धाराको मस्जिदमा डोजर चलाउने महर्जन समुह पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2020 | 04:35:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड गर्ने तीन जना पक्राउ परेका छन्। शनिबार बिहान करिब ७ बजेतिर मस्जिद तोडफोड गर्न पुगेका जुजुकाजी मर्हजन, डोजर ड्राइभर र अर्का एक जना गरि तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। 

भूमाफियाको रुपमा परिचित महर्जनको समुहले करिब २०० हाराहारीमा गुण्डा राखेर मस्जिदमा डोजर लगाएका हुन् । आज शनिबार बिहान करिब ७ बजेतिर रत्नकाजी र जुजुकाजी महर्जनको समुहले डोजर लगाएर मस्जिदको अगाडिको भाग तोडफोड गरेका हुन्। 

डोजर चलाएको सूचना पाएलगत्तै नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी तथा मदिनी मस्जिदका अध्यक्ष राज मोहम्मद अन्सारी सहि समयमा घटनास्थल पुगेकाले थप क्षती हुनबाट जोगिएको हो।

तोडफोड गरीएपछि आयोगका अध्यक्ष अन्सारीले भत्काइएको मस्जिदको अगाडीको भागको पुनःनिर्माणको शिलान्यास आजै गरेका छन। यसैबीच डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुनस् निर्माण सुरु गरिएको छ ।

सय वर्ष भन्दा पुरानो यो मस्जिद भूमाफियाको तारो बनेको आयोगका अध्यक्ष अन्सारीले बताए। अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए 

निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम १ पैसा क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ। 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved