विजयादशमीको दिन आज नेपालमा १७ सय ४१ कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी १५ जनाको मृत्यु भएको छ ।
नेपालमा कुल संक्रमितको संख्या एक लाख ५९ हजार ८३० पुगेको छ । जसमध्ये एक लाख १५ हजार ६७५ डिस्चार्ज भएका छन् भने ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ८६२ पुगेको छ ।