कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय नाघ्यो, बिहीबार २३६४ संक्रमित थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 04:32:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार थप २ हजार ३६४ जनामा कोरोना पुष्टि भएको छ । यससंगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।

पछिल्लो समयमा देशभर संक्रमितको संख्या बढ्दै गएको छ । मन्त्रालयका अनुसार हालसम्म १ लाख २४ हजार ८६२ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ३ हजार ३८ जना कोरोना जितेर घर फर्किएका छन् । हाल ३८ हजार ९५२ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९ सय ४ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved