हराएको लाईसेन्स वा ब्लु बुकको सिफारिस अनलाईनबाट लिनेको संख्या बढ्दो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 05:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका कागजातको सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यतालाई हटाई प्रविधिमैत्री बनाएसंगै अनलाईनबाट सेवा लिनेको संख्या बढ्न थालेको छ । महाशाखाले हालसम्म २५ सय जनालाई हराएका लाईसेन्स, बिलबुक र पर्मिटको सिफारिस अनलाइनमार्फत सेवा प्रदान गरेको जनाएको छ ।

सिफारिस लिनका लागि ट्राफिक कार्यालय धाउनुपर्ने बाध्यतालाई हटाई प्रविधिमैत्री बनाउन महाशाखाले असोज ५ गते देखी घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले उक्त सिफारिस अनलाईनबाटै बनाउन मिल्ने बनाएको थियो । दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेका छन् ।

 हालसम्म अनलाइन मार्फत १३ सय ८४ जनाले लाईसेन्स, १ हजार ६९ जनाले बिलबुक  र ४७ जनाले पर्मिट हराएको बारेमा निवेदन दर्ता गराएकोमा १७ सय १० जनालाई अनलाइनबाटै सिफारिस दिई सकेको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले दिए । उनले बाग्मति प्रदेश बाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, डब्बल निवेदन दिएका ७९० वटा निवेदन रिजेक्ट गरिएको पनि बताए ।

कसरी लिने त अनलाईन सेवा ?

सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र लस्ट डकुमेन्टस एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

यस्तै, एप्लिकेसनमा क्लिक गरेपछि कुन हराएको डकुमेन्ट्सको सिफारिस आवश्यक परेको हो,त्यो सेलेक्ट गरेपछि निवेदकको नाम फोन नम्बर, ठेगाना र आफ्नो परिचय खुल्ने नागरिकता वा लाईसेन्स वा पासपोर्टको फाईलवा स्क्यान कपि अनलाइन प्रणालीबाटै दिनुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण सब्मिट वा भरिसकेपछि एप्लिकेसन नम्बर प्राप्त हुन्छ । अनलाइनबाट फाराम भरेको २४ घण्टापछि सिफारिस पाप्त गर्न वा लिन सकिन्छ ।यसको लागि उक्त एप्लिकेसनमा रहेको चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र डकुमेन्ट्स नम्बर राखेर सिफारिस रिपोर्ट लिन सक्नेछन र उक्त सिफरिस रिपोर्टको प्रिन्ट लिएर यातायात कार्यालयमा गई आफ्नो लाईसेन्स वा सवारीको डकुमेन्ट बनाउन सकिनेछ ।

त्यस्तै, महाशाखाले हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने व्यवस्था गरेको छ । यसकोलागि सवारी धनीले ट्राफिक प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ । एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved