ईन्भेष्टर क्लबद्धारा तिर्थस्थल बनाउन आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 06:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ईन्भेष्टर क्लबले तिर्थस्थल बनाउन आर्थिक सहयोग गरेको छ । क्लबले कैलालीको लम्कीमा निर्माणाधिन कैलाशधाम तिर्थस्थललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बिहीबार तिर्थस्थल निर्माण कमिटीका अध्यक्ष लक्ष्मी राम रिमाललाई क्लबले उक्त रकम हस्तान्तरण गरेको हो । धार्मिक तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण मानिएको सो निर्माणाधिन तिर्थस्थलमा भक्क्तजनको उपस्थिती एवं सहभागिता आगामी दिनहरुमा उल्लेखनिय रहने विश्वास समितिले जनाएको छ । 

ईन्भेष्टर क्लब एक सामाजिक सञ्जाल फेसबुक ग्रुप हो । जुन ग्रुप शेयर बजार सम्बन्धी ज्ञान भएका व्यक्तित्वहरुको सहभागिता रहेको ग्रुप हो । ग्रुपले यस किसिमका सामाजिक उत्तरदायित्वको कार्यसंगै शेयरबजारका बारेमा जानकारी दिने, सुरक्षित लगानी कसरी गर्ने, जोखिम कसरी व्यवस्थापन गर्ने र एक सफल लगानीकर्ता कसरी बन्ने भन्ने बारेमा तालिम दिदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved