सुन्धाराको मस्जिद भत्काउन २ करोडको सम्झौता भएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 09:30:18 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको सुन्धारास्थित मुसाफिर मदनी मस्जिद भत्काउनलाई २ करोडको सम्झौता भएको खुल्न आएको छ। कात्तिक ८ गते शनिबार बिहान ७ बजे मस्जिद तोडफोड गरेका रत्नकाजी महर्जन र जुजु काजि महर्जनले मस्जिद भत्काउन २ करोडको सम्झौता गरेको खुलासा भएको हो। 

बिजपाटीलाई प्राप्त पत्रअनुसार मस्जिद भत्काएर मैदान बनाउनलाई महर्जन दाजुभाईले रामेछापका कैलाश कुमार दर्लामीसँग २ करोडको सम्झौता गरेका छन्। २०७७ साल साउन २ गते मस्जिद भत्काएर मैदान बनाईदिए बापत दर्लामीलाई २० लाख दिने र बाँकी १ करोड ८० लाख साउन २२ गते दिने गरि सम्झौता भएको छ। 

सुन्धारा मस्जिद कब्जाको नालीबेली: २०५३ सालदेखि अहिलेसम्म भूमाफियाले के-के गरे ?

बाँकी रकम १ करोड ८० लाख साउन २२ गते साटीने गरि प्राइम बैंकको चेक (चेक नम्बर ९६३६३८७)  लिने दिने गरि सम्झौता भएको छ। सम्झौतापत्रमा प्रथमपक्षको तर्फबाट महर्जन दाजुभाई र दोश्रो पक्षका रुपमा कैलाश दर्लामीले दस्तखत तथा हस्ताक्षर गरेका छन्।  

२०५३ सालसम्म नेपाल सरकारको नाममा रहेको र त्यसयता बीचमा पटक पटक भूमाफियाबाट खोसेर पुन नेपाल सरकारको नाममा ल्याइएको मुसाफिर मदिनी मस्जिद अवस्थित ६ आना २ पैसा १ दामको जग्गा आफुहरुको नाममा रहेको भन्दै महर्जन दाजुभाईले सो ठाउँ मैदान बनाइदिनलाई दर्लामीलाई यो जिम्मेवारी दिएको देखिन्छ। 

सुन्धाराको मस्जिदमा डोजर चलाउने महर्जन समुह पक्राउ

कैलाश दर्लामीले साउन २ गते मस्जिद भत्काउने जिम्मेवारी पुरा गर्न नसकेकाले उक्त जिम्मेवारी कुनै अर्को व्यक्तिलाई दिईएको र तिनै व्यक्तिको नेतृत्त्वमा यहि कात्तिक ८ गते शनिबार बिहान मस्जिद भत्काउने प्रयास भएको स्रोतको दावी छ। 

जुजुकाजी महर्जन समुहले खटाएका डोजर ड्राइभरले कात्तिक ८ गते बिहान ७ बजेर २० मिनेट जाँदा मस्जिदमा डोजर चलाएको दृश्य

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved