मस्जिद पुनर्निर्माणमा वडाअध्यक्ष महर्जनको अवरोध, आयोगका अध्यक्षमाथि आक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2020 | 10:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको सुन्धारास्थित मुसाफिर मदनी मस्जिदमाथि आज फेरी आक्रमण प्रयास भएको छ। गत शनिबार तोडफोड गरिएको मस्जिद पुनर्निर्माणमा काठमाडौं महानगर वडा २२ का अध्यक्ष सहितको टोलिले आज फेरी आक्रमणको प्रयास गरेका हुन्। 

मस्जिद पुनर्निर्माणमा अवरोध गर्न पुगेको वडाअध्यक्ष चिनिकाजी महर्जन सहितको टोलिलाई रोक्न खोज्दा उनीहरुले  मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीको भनाई छ। आक्रमण पश्चात अध्यक्ष तथा मस्जिद पुनर्निमाणमा लागेकाहरुबीच झडप भएको छ। 

सुन्धाराको मस्जिद भत्काउन २ करोडको सम्झौता भएको खुलासा

अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भए पनि भूमाफियाको पक्षमा काम गरिरहेको बताए। भत्केको ठाउँमा पुनर्निर्माण भइरहेको पाँचौँ दिनमा अवरोधको प्रयास गरी सामाजिक सदभाव खलबलाउने प्रयास भएको उनले बताए। 

सुन्धाराको मस्जिद पुनर्निर्माणमा काठमाडौं महानगर वडा २२ का अध्यक्ष सहितको टोलिले अवरोध गरेपछिको दृश्य

झडपमा दलबल तथा गुण्डाहरु सहित पुगेका वडाअध्यक्ष महर्जन र अन्सारीबीच हात हालाहालको अवस्था सृजना भएको प्रत्यक्षदर्शीहरुको भनाई छ। कात्तिक ८ गते मस्जिदमा डोजर चलाएको घटनापछि दिनरात सुरक्षा दिइरहेका प्रहरीको उपस्थितिका कारण माहोल नियन्त्रणमा आएको थियो। 

मस्जिदमाथि कुनै पनि बेला आक्रमण हुने खतरा बढेकाले त्यहाँ २४ सै घण्टा प्रहरी तथा मुस्लिम धर्मावलम्बीहरुले धर्ना दिइरहेका छन्। निर्माणाधीन धरहराको ठीकपछाडि ६ आना २ दाम १ पैसा क्षेत्रफलमा रहेको नेपाल सरकारको नाममा रहेको यो मस्जिदको स्वामित्व अहिले दाजुभाई रत्नकाजि महर्जन तथा जुजुकाजि महर्जनको नाममा कायम छ। 

सुन्धारा मस्जिद कब्जाको नालीबेली: २०५३ सालदेखि अहिलेसम्म भूमाफियाले के-के गरे ?

सयौं बर्षदेखि नेपाल सरकारको नाममा रहेको यस जग्गाको भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ। तर सरकारी निकायका बिभिन्न व्यक्तिहरुलाई प्रभावमा पारि नेपाल सरकारको नाममा रहेको जग्गा महर्जन दाजुभाईले कसरी आफ्नो नाममा ल्याए भन्ने बिषय आफैंमा खोजीको बिषय बनेको छ। 

सुन्धाराको मस्जिदमा डोजर चलाउने महर्जन समुह पक्राउ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved