काठमाडौँ उपत्यकामा १०३८ संक्रमित थपिए, देशभर कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2020 | 04:30:04 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार १४ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । ६ हजार ७३३ नमुना परीक्षण गर्दा १४ सय ४२ जनामा  संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ८२ हजार ७८० जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ३५ सय ३८ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल २८ हजार ८७८ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ सय ५९ पुगेको छ ।

यस्तै बुधबार काठमाडौँ उपत्याकामा १ हजार ३८ जनामा कोरोना संक्रमण देखिएको छ  । जसमध्ये काठमाडौँका ८२२, ललितपुरका १६८ र भक्तपुरका ४८ जना तहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved