शुक्रबार ५३६४ जनाले जिते कोरोना

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Nov 20, 2020 | 04:21:09 PM मा प्रकाशित

शुक्रबार १९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ लाख ९१ हजार २ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै ५ हजार ३६४ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल २४ हजार ६६२ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ सय ९८ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved