२५ ट्राफिक नियम समेटिएको भिडियो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 06:57:20 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थालाई थप व्यवस्थित गर्न ट्राफिक नियम सिकाउने गीतको भिडियो सार्वजनिक गरेको छ । गीत संगितका माध्यमबाट ट्राफिक नियम सिकाउँदा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्ने हुनाले महाशाखाले ट्राफिक नियम समेटिएको सो गीत सार्वजनिक गरेको हो । 

उक्त गीतमा व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए । गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरि सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ्ग र आकाशेपुलको प्रयोगलगायतका ट्राफिक नियम समेटिएका छन् ।

गीतमा सरोज ओली र एलिना चौहानको स्वर, नृत्य कोरियोग्राफर मनराम के.सी र निर्देशन तथा छायाङ्कन प्रकाश भट्ट, सम्पादन बिष्णु शर्मा र संयोजन बिनोद के.सीले गरेका छन्  ।

जनचेतना मुलक ट्राफिक गीतलाई मेट्रो ट्राफिक एफ.एम.९५.५ मेगाहर्जको यूट्युब च्यानल लगायत अन्य सामाजिक संजालबाट रिलिज गरिएकोछ ।

भिडियो: 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved