किर्तिपुरका वडाध्यक्षले नीजि जग्गामा ब्याडमिन्टन कोर्ट बनाएपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 03:26:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कीर्तिपुर नगरपालिकाले व्यक्तिको निजि जग्गामा व्याडमिन्टन कोर्ट निर्माण गरेको खुल्न आएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को मच्छेगाँउमा राजु केसी र पुष्प महर्जनको नाममा रहेको ३ रोपनि १० आना जग्गामा वडाले कोर्ट निर्माण गरेको हो । 

गत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट अनुसार असार मसान्तमा साढे २ लाख लगातमा वडाले उपभोक्ता समितिमार्फत उक्त कोर्ट निर्माण गरेको थियो । सार्वजनिक जग्गाको बिचमा रहेको उक्त जग्गामा लामो समयदेखि खेतिपाती नहुँदा उपभोक्ता समितिले सार्वजनिक जग्गा रहेको ठहर गर्दै कोर्ट निर्माण गरिएको वडाले जनाएको छ । वडाअध्यक्ष राजेन्द्र बानियाँ उपभोक्ता समितिको सिफारिस अनुसार कोर्ट निर्माण सम्पन्न भएपछि व्यक्तिले दाबी गरेको बताउँछन् । 

‘हामीले नियतबस व्यक्तिको जग्गामा कोर्ट निर्माण गरेका होइनौं, निर्माण सम्पन्न भएपछि व्यक्तिको नाममा रहेको उजुरी आएपछि थाहा भयो, हामी छानबिनमा छौँ, व्यक्तिको जग्गा रहेको ठहर भए फिर्ता गछौँ’, उनले भने, ‘वडा बासीको माग अनुसार हामीले व्यडमिन्टन कोर्ट निर्माणको सम्पूर्ण जिम्मा उपभोक्ता समितिलाई दिएका थियौँ । समितिले सार्वजनिक ठहर गरेको जग्गामा निर्माण सम्पन्न भएपछि व्यक्तिको भन्दै उजुरी आयो ।’ 

पहिलो चरणमा नापी कार्यालयबाट अमिन ल्याएर जग्गाको नापजाँचको कार्य भएको भन्दै दोस्रो चरणको नापजाँच छिटै गरेर जग्गाको पहिचान लगाउने वडा कार्यालयले जनाएको छ । 

व्यक्तिको जग्गा वडाले हडपेको भन्दै जग्गा धनिले गत साउनमा नगरपालिकामा उजुरी गरेयता कुनै जानकारी नभएको बताएका छन् । वडाले कोर्ट निर्माण गरेको जग्गा व्यक्तिको रहको भनदै नगरपालिकाबाट जानकारी आएपछि मात्र थाहा भएको वडाअध्यक्ष बानियाँ बताउँछन् । 

वडाले जग्गाको पहिचान नै नगरी व्यक्तिको जग्गालाई सार्वजनिक जग्गाको रुपमा राख्दै पर्खाल भत्काएर कोर्ड बनाएको भन्दै नगरपालिकामा उजुरी दिएपछि हालसम्म कुनै समन्वय नभएको जनाईएको छ । 

गत असारमा वडाले व्यक्तिको जग्गामा कोट बनाएको भन्दै साउनमा नगरपालिकामा उजुरी दर्ता गराएका थिए । व्यक्तिको उजुरी अनुसार नपाले वडालाई पत्र पठाएतापनि ४ महिना हुनै लाग्दा समेत कुनै जानकारी नभएको जनाईएको छ । 

वडाले २ लाख ४३ हजार ७८५ लागतमा गत असार ५ गते निर्माण सुरु गरेर १५ गते कोर्ट निर्माण सम्पन्न गरेको थियो । उक्त रकम मध्येमा नगरपालिकाको १ लाख ९४ हजार र बाँकी ४९ हजार उपभोक्ता समिति मार्फत निर्माण गरिएको वडाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved