ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न मिल्ने प्रणालीको विकास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 08:52:14 AM मा प्रकाशित

laxmi  sunrise bank

अब ट्राफिक जरिवाना अनलाइनबाट नै तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सफ्टवेयर विकास गरेसंगै ट्राफिक नियम उल्लंघन गरेबापत चालकले तिर्नु पर्ने जरिवाना अनलाइनबाट पनि तिर्न सकिने भएको हो।

 टीभीआरएस (ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम) नाम राखिएको यस सफ्टवेयरबाट तोकिएका बैंकको अनलाइन भुक्तानी प्रणालीमा समाबेस गरी जरिवाना बापतको रकम सरकारी राजस्व खातामा जम्मा हुने ब्यबस्था मिलाईएको प्रहरीले जनाएको छ। यस संगै जरिवाना बापतको रकम ट्राफिक प्रहरी कार्यालयमै पुगेर तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य हुने छ । 

७ महिना अघिबाट सफ्टवेयर निर्माण सुरु भएको र केही साताभित्र यसलाई प्रयोगमा ल्याउन लागिएको महाशाखा प्रमुखबाट हालै प्रहरी प्रधान कार्यालय सरुवा भएका एसएसपी भीम ढकालले बताए । 

उनले आफ्नो स्थानमा सरुवा भएर आएका एसएसपी जनक भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गर्दै प्रविधिमा जोड दिन पनि आग्रह गरेका छन् ।  यसअघि सवारी र सवारी कागजातपत्र हराएमा अनलाइनबाटै उजुरी दिन सकिने व्यवस्था लागू भइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved