मंगलबार २४ संक्रमितको मृत्यु, थप १७९० जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 04:25:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार १७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख  ४ हजार ८५८ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २७ सय ९१ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १७ हजार ८७९ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १३ सय ६१ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved