शुक्रबार १७०३ जनामा कोरोना पुष्टि, थप २३ को मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 04:26:02 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार १७ सय ३ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ९ हजार ४३५ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १२ सय ३६ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १७ हजार २३७ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १४ सय ३५ पुगेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved