काठमाडौँमा आज बढी चिसो महसुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2020 | 01:02:02 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा आज यो वर्षकै बढी चिसो महसुस गरीएकाे छ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौँको तापक्रम यो वर्षकै कम मापन भएकाे जनाएकाे छ ।

विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको हो । यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ भने राति बादल लागेमा बिहानको तापक्रम बढ्छे गर्छ । 

तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । अबको केही दिन देशभरको मौसम सफा भई घाम लाग्ने बताइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved