चिनियाँ रक्षामन्त्री काठमाडौँमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 10:47:11 AM मा प्रकाशित

laxmi  sunrise bank

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गे काठमाडौं आइपुगेका छन् । नेपालको एकदिने भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेई काठमाडौं आएका हुन् । 

एयर चाईनाको विमानमार्फत भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्रीले आईतबार प्रधानसेनापती, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । उनी आजै साँझ स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved