आइतबार १४ सय ७४ जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख १४ हजार ५२१ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १९ सय २१ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १७ हजार ४२३ जना उपचाररत छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २९ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १५ सय ८ पुगेको छ ।