डेभलपमेन्ट एलाएन्स चौथो वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 03:10:40 PM मा प्रकाशित

laxmi  sunrise bank

कृषि र कृषि कर्जाको क्षेत्रलाई लक्षित गर्दै सेवा प्रवाह गर्ने गरी स्थापना गरिएको डेभलपमेन्ट एलाएन्स नेपाल चौथो वर्षमा प्रवेश गरेको छ । एलायन्स नेपाल मुलतः कृषि विकास बैंकबाट अवकाश प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञहरुको समूहद्धारा प्रवद्र्धित संस्था हो। 

यस संस्थाले विगत तीन वर्षदेखि विशेषगरी कृषि ब्यवसायमा संलग्न भएका र हुन चाहने कृषक तथा उद्यमीहरुलाई विभिन्न प्रकारका प्राविधिक, ब्यवस्थापकिय, बैंकिङ्ग तथा बित्त एवं अन्य विविध परामर्श सेवा उपलब्ध गराउनुका साथै यस क्षेत्रमा आवश्यक तालिम प्रदान गर्दै आएको छ ।

वाणिज्य बैंकका कर्मचारीहरुको कृषिकर्जा विश्लेषणमा दक्षता अभिबृद्धिको लागि पछिल्लो समयमा कृषि कर्जा विश्लेषण तालिमको माग बढ्दै गएकोले एलायन्सले बैंकहरुको आवश्यकता अनुसारका कृषिका उपक्षेत्रहरु समावेश गरी कृषि वित्त तालिम संचालन गर्दै आएको छ । हालसम्म एलायन्सले विभिन्न बैंकहरुका ३०० जना कर्मचारीहरुलाई उक्त प्रकारको तालिम प्रदान गरिसकेको जनाएको छ । उक्त तालिमबाट बैंकहरुलाई प्रभावकारी रुपमा कर्जा कार्यक्रम संचालन तथा गुणस्तरीय कृषि  कर्जा प्रवाह गर्न सघाउ पुगेको छ । 

गत आर्थिक वर्षमा बैंकहरुले आफ्नो कुल कर्जा तथा सापटको १० प्रतिशत अनिवार्य रुपमा कृषि क्षेत्रमा मात्र कर्जा लगानी गर्नु पर्ने ब्यवस्था रहेकोमा यस वर्षको मौद्रिक नीतिमा उल्लेख भए अनुसार उत्त सीमामा बृद्धि गरी १५ प्रतिशत पुर्याएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved