बिहीबार १४९० जनामा कोरोना पुष्टि, २१११ निको भए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 04:24:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार १४ सय ९० जनामा कोरोना पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख २० हजार २७२ जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै २ हजार १११ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । हाल १५ हजार ७६६ जना उपचाररत छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १५ सय ५१ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved