सौर्य सिमेन्टको उद्योगमा बम विष्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 10:34:11 AM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुरको कटारी नगरपालिका ८ भाण्टावारीमा रहेको सौर्य सिमेण्ट उद्योगको खानी क्षेत्रमा बम विष्फोट भएको छ । बिहीबार राती भएको विष्फोटमा परी पाँच जना मजदुर घाइते भएका छन्। बा.१ ख. ७९९२ नम्बरको स्काभेटर, नम्बर नखुलेको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएका छन् । तीन वटा स्काभेटरमा क्षति पुगेको छ । 

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीका अनुसार मध्यराती अज्ञात समुहले उद्योगको खानी क्षेत्रमा बम राखेको र उत्तः बम बिष्फोट हुँदा कटारी नगरपालिका ८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडा नं ७ का २३ वर्षीय नविन मगर, उदयपुरगढी गाउँपालिका २ का २५ वर्षीय दुर्गा तामाङ्ग, मकवानपुर जिल्लाका ३० वर्षीय सागर मोक्तान र १८ वर्षीय शिवशंकर मोक्तान घाइते भएका छन् । 

उनीहरु सबैलाई कटारी अस्पतालमा उपचारपछि घर पठाइएको छ । मध्यरातमा चार वटा बम एकैसाथ पड्किएको बताईएको छ । अहिलेसम्म बम विस्फोटको जिम्मा कसैले लिएको छैन। तर प्रतिबन्धित नेत्रबिक्रम चन्द विप्लव समुहले विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved