मर्जको चर्चा चलिरहँदा ३ बैंकले मागे ४५० कर्मचारी, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 03:17:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकको मर्जरको चर्चा चलिरहँदा ३ वटा बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेका छन् । जनता, सेन्चुरी  र हिमालयन बैंकले गरी ४५० भन्दा बढी कर्मचारी माग गरेका हुन् । बुधबार सूचना प्रकाशित गरी ३ वटै बैंकले २ साता  भित्र आवेदन दिन आग्रह गरेका छन् ।

जनता बैंकले म्यानेजमेन्ट ट्रेनीमा ५० जना र जुनियर एसीसटेन्टमा १५० जना कर्मचारी माग गरेको हो । ट्रेनीको लागि ब्याचलर र एसीसटेन्टको लागि मास्टर्सको योग्यता तोकिएको छ । बैंकले १७ जुलाईसम्ममा मेरो जब मार्फत आवेदन दिन आग्रह गरेको छ ।

त्यस्तै सेन्चुरी बैंकले ३० जना म्यानेजमेन्ट ट्रेनी  र १२५ जना  ट्रेनी एसीसटेन्ट माग गरेको छ । म्यानेजमेन्ट ट्रेनीको लागि मास्टर्स र ट्रेनी एसीसटेन्टको लागि १२ पास भएको योग्यता हुनु पर्ने बैंकले उल्लेख अग्रेको छ । त्यस्तै बैंकले अन्य ६ पदको लागि ६ कर्महरी माग गरेको छ । सीएमएस जब मार्फत १७ जुलाईसम्ममा  आवेदन दिन सकिने बैंकले जनाएको छ ।

त्यस्तै हिमालयन बैंकले ४२ जना सुपरभाइजर  र  ४३ जना जुनियर स्टाफ  माग गरेको छ  । सुपरभाइजरको योग्यता मास्टर्स हुनु पर्ने र एसीसटेन्टको योग्यता ब्याचलर गरेको हुनु पर्ने बैंकले जनाएको छ  । १७ जुलाईसम्ममा बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved