नेपाली सेनामा २ हजार बढीलाई जागिर खुल्यो, ८ पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2020 | 09:23:23 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाली सेनाले ठुलो संख्यामा नयाँ भर्ना खुलाएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदको लागि २ हजार बढी कर्मचारी माग गरेको हो । 

सेनाले प्राविधिक र सैन्य पदमा दरखास्त माग गरेको हो । आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ। साथै दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।

सेनाले मागेका केहि पदमा साधारण लेखपढ गर्न सक्नेले पनि आवेदन गर्न सक्ने र केही पदको लागि ८ पास र केहीको लागि एसएलसी तोकिएको छ । उच्च तहका पदको लागि भने स्नातक पास भएको हुनु पर्ने छ ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved