सशस्त्रले खुलायो १८ सय बढी जवानका लागि नयाँ भर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2020 | 12:05:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सशस्त्र प्रहरी बलमा जावनका लागि नयाँ भर्ना खुलेको छ । सशस्त्रको भर्ना तथा छनोट शाखाले १ हजार ८३३ जना जवानका लागि भर्ना खुलाएको हो ।

खुलातर्फ ९८८, अमर/अशक्त सशस्त्र प्रहरीका सन्तनका लागि २०, समावेशीतर्फ महिला १६५, आदिवासी/जनजाति २६४, मधेसी २३१, दलित १२४, पिछडा वर्गका लागि ४१ जनाको नयाँ भर्ना खुलाइएको सशस्त्र प्रहरी बल, भर्ना तथा छनोट शाखाले जनाएको छ । 

सशस्त्र प्रहरी बलको देशभरका ७५ वटा कार्यालयहरुमा दरखास्त दिन सकिने छ । असोज २४ गते १० बजेदेखि कात्तिक २३ गते ५ बजेसम्म बुझाउन सकिनेछ ।

१८ वर्ष पूरा भइ २२ वर्ष ननाघेका कम्तीमा ८ कक्षा उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved