ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमानको मृत्यु, श्रीमती घाइते (भिडियो)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 07:42:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ठक्करबाट श्रीमानको मृत्यु भएपछी पूर्वी चितवनमा ट्रक जलाइएको छ। ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ भने पछाडी सवार श्रीमतीको उपचार जारि छ। 

पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ९८६१ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको ना २८ प ७७३४ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा खैरहनी नगरपालिका–१ बहेरी चोकको सोहना चौधरीको घटनास्थलमै मृत्यु भएको स्थानीय संजय अधिकारिले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार श्रीमती जेनी महतोलाई भने उपचारको लागि भरतपुर ल्याइएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई आक्रोशित स्थानीयले आगजनी गरेका छन् । केही बेर बन्द भएको पूर्वपश्चिम राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved