अर्थमन्त्री ड़ा युबराज खतिवडाको राजिनामालाई प्राथमिकतामा राखी सेयर लगानीकर्ताका नेताहरुको समुहले रिले अनशन थालेको छ। सेयरबजारको फ्रन्ट लाइन नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दैलोमा ती नेताहरुको समुहले गत चारदिनदेखि रिले अनशन थालेका छन। रिले अनसनको तेस्रो दिनमा अर्थसमितिले सेयरबजारको सरोकारवालाहरुलाई डाकेर बजारको अवस्थाबारे जानकारी लियो।
सेयरबजारका सरोकारवालाहरु अर्थमन्त्रालय, राष्ट्रबैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, मर्चेन्ट बैंकर संघ, ब्रोकर संघ, नेपाल इन्भेष्टर फोरमका प्रमुखहरुले अर्थसमितिलाई सेयरबजारको पछिल्लो अवस्थाबारे जानकारी दिए। तर लगानीकर्ताको हितको लागि स्थापना भएको नेपाल इन्भेष्टर फोरम लगायत कसैले पनि नेप्सेको दैलोमा जारि अनशनबारे केहि बोलेनन।
त्यसमा पनि अनशनको नेतृत्व गरेको लगानीकर्ता दबाब समुहको पहिलो निशानामा परेका अर्थमन्त्री ड़ा युबराज खतिवडाले समेत अनसन र आन्दोलनबारे केहि बोलेनन। बरु उनले उल्टै स्वार्थ नबाझिएका बिज्ञहरुको टोलि गठन गरि उनीहरुले दिएको सुझाबमा टेकेर निर्णय लिन अर्थसमितिलाई अनुरोध गरे।
'सेयरबजारको बिषयले अर्थसमितिमा प्रवेश गरिसकेपछि अब एउटा बिज्ञहरुको टोलि बनाएर उनीहरुसंग धितोपत्र बजारबारे छलफल गरौँ' अर्थमन्त्री खतिवडाले भने, 'धितोपत्रका बिज्ञहरु त्यस्ता हुन जो कसैसंग स्वार्थ नबाझिएका हुन।'
छलफलमा कोहि रेगुलेटर, कोहि अपरेटर र कोहि लगानीकर्ता भएर स्वार्थ बाझिएको भन्दै कहीं कतै स्वार्थ नबाझिएका बिज्ञहरुबाट धितोपत्र बजारबारे पछिल्ला ३ बर्षको अवस्था हेरिदिने बिज्ञहरुबाट सुझाब लिन खतिवडाले अर्थसमितिलाई अनुरोध गरेका हुन।
'बिज्ञहरुबाट गत तिन बर्षको धितोपत्र बजारको समग्र मुल्यांकन होस' अर्थमन्त्री खतिवडाले भने, 'यो ३ बर्षमा सेयरबजार अस्वाभाविक माथि गएको छ भने किन गयो, धेरै तल गएको छ भने किन यस्तो भयो, यस्ता बिषयहरु हेरिदिने गरि एउटा बिज्ञको टोलि गठन गरि उनीहरुबाट आएको सुझाबको आधारमा मात्र अर्थसमिति निर्णयमा पुग्नुपर्छ।'
पुंजीबजारबारे सरकारको दृष्टिकोण के हो भन्नेबारे अर्थमन्त्री खतिवडाको धारणा सुन्न भिडियो हेर्नुहोस।