९ दिन नबित्दै उप्कियो पिच

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2019 | 09:50:47 PM मा प्रकाशित

laxmi  sunrise bank

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले तीन प्रकारबाट बजेट प्राप्त गर्छ। केन्द्र र प्रदेशसरकारबाट प्राप्त हुने रकम संगै उसले आफ्नै आन्तरिक स्रोतबाट जुटाउने आम्दानी गरि स्थानीय सरकारसंग रकम पुग्ने अवस्था छ।

निर्वाचन पछि जनताले जनप्रतिनिधिहरु पाएका छन् । गाउँगाउँमा सिहदरबार पुगेको आभाष नेपाली जनताले गरेसंगै विकासले पनि अब फड्को मार्ने जन अपेक्षामाथि अहिले 'धोका' हुने क्रम बढिरहेको छ।

जनप्रतिनिधि बिशेषगरि पालिका प्रमुखहरुले अनुहार हेरेर आफ्ना कार्यकर्तालाई परियोजना दिने क्रम बढेसंगै स्थानीय तहमा भ्रष्टाचार बढेको छ।  श्रमसंग सम्बन्धित परियोजना र कार्यक्रमहरु मात्र उपभोक्ता समिति मार्फत गरिनुपर्ने कानुनी व्यवस्थालाई बेवास्ता गर्दै आफूखुसि परियोजना बाड्ने क्रमले स्थानीय बिकास बजेट सिध्याउने 'मेसो' बन्न पुगेको छ।  

यस्तै हबिगत धुलिखेल नगरपालिका अन्तर्गतको एक वडामा समेत भेटिएको छ। धुलिखेल नगरपालिका अन्तर्गतको एक  सडक खण्डमा भएको पिचको अवस्थाले पनि स्थानीय बजेटको दुरुपयोग कसरि भैरहेको छ भन्ने देखाएको छ।  

 पत्रकार सुनिल दाहाल र संचार तथा सूचना क्षेत्रका जानकार तुरूप संग्रौला नयाँ बर्ष २०७६ साल मनाउन धुलिखेल जानेक्रममा पिचको शैली देखेर गरिएको अध्ययनबाट यस्तो अवस्था खुल्न आएको हो। 'माटोमाथि पिच गरेको भेटिएको छ, उप्काउने हो भने सबै पिच हातले नै सजिलै उप्किने अवस्था छ' संग्रौलाले बिजपाटीलाई भने। 

धुलिखेल चोक माथि रिसोर्ट भएको क्षेत्रमा यस्तो गुणस्तरहिन पिच भएको भेटिएको छ। धुलिखेल नगरपालिका नजिकैको स्थानको सडक खण्डमा भएको यसपिचबारे धुलिखेल नगरप्रमुखसंग कुराकानी गर्ने प्रयास जारि छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved