पुँजीगत लाभकर गणना बिधि र सेयरबजारको अबको भविष्यबारे अम्बिका पौडेलसंगको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 02, 2019 | 09:14:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक बर्ष २०७६-७७ को बजेटमा पुंजीबजारबारे आएको व्यवस्थाले सेयरका लगानीकर्तामा अर्थमन्त्री डा युबराज खतिवडालाई हेर्ने दृष्टिकोण सकारात्मक बनेको छ। सेयरबजारप्रति अनुदार र नकारात्मक रहेको भन्दै आलोचना गर्ने व्यक्ति तथा संस्थाहरु नै अहिले अर्थमन्त्री खतिवडाले ऐतिहासिक काम गरेको भन्दै उनको प्रशंसा गर्न थालेका छन। 

सरकारले बजेट मार्फत पुँजीगत लाभकरको दर घटाएको छ भने भारित औषत बिधिको प्रयोगबाट यसको गणना गर्ने बताएको छ। यसले पुंजीगत लाभकर अन्तिम हुने नहुनेबीचको अन्यौलतामा रहेका लगानीकर्तामा केहि आशाको किरण देखाएको छ। यद्दपी अनिवार्य पुँजीगत लाभकर गणना बिधिबारे सर्वसाधारणमा केहि दोधार र अन्यौलता बाँकी नै छ। 

बजेटले सेयरबजारको आधार खडा गरेको प्रतिकृया आइरहँदा सर्वसाधारणमा उत्साह थपिएको छ। तर यहि उत्साहका कारण उचित कम्पनीमा सहि समयमा सहि लगानीको निर्णय गर्न नसक्दा धेरै सर्वसाधारण बढेको बजारमै डुब्ने गरेको अध्ययनले देखाएको छ। 

वारेन बफेटको नाम जसरि बिश्वभरका सेयरका लगानीकर्ताको लागि महत्त्व राख्छ, त्यसै गरि नेपालको सेयरबजारमा त्यत्तिकै अर्थपूर्ण र महत्त्व राख्ने नाम हो अम्बिका पौडेल। सरकारी नोकरी छाडेर सेयरबजारमा लागेका पौडेल लगानीकर्ता मात्र नभई विश्लेषक समेत हुन। कुनै बेला लगानीकर्ताको नेतृत्त्व गरि नेपाल इन्भेष्टर फोरमका अध्यक्ष समेत रहेका पौडेलसंग बिजपाटी डटकमका मोहम्मद अज्मत अलिले बजेटमा सेयरबजारको स्थान, यसले सेयरबजारमा पार्ने प्रभाब र लगानीकर्ताले अब के गर्ने भन्ने बिषयमा कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved