यस्तो छ बिदेशी च्यानलमा क्लिन फिडबारे सरकारको 'औपचारिक' धारणा, प्राथमिकतामा राष्ट्रियता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 25, 2019 | 07:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको विज्ञापन ऐन हुबहु लागु भए त्यसले टलिभिजन च्यानलहरु अत्यधिक महँगो पर्ने इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघको बुझाई छ।

प्रस्तावित बिज्ञापन ऐनले शुल्क तीन गुणासम्म बढ्ने भएकाले नेपाली ग्राहकले त्यो शुल्क तिर्न नसक्ने र अन्तत नेपालमा बिदेशी च्यानलहरु बन्द गर्नुपर्ने अवस्था आउने व्यवसायीहरुको भनाई छ। सरकारले अहिले लागू गर्न चाहेको क्लिन फिड कस्तो हुन्छ भनेर सर्वसाधारणलाई बुझाउन र देखाउन आफुहरुले २४ घण्टा बिदेशी च्यानल बन्द पनि गरेको समिति र महांसघको भनाई छ। 

उनीहरुले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म क्लिन फिडको डेमो प्रस्तुत गर्दा नेपालभर बिदेशी च्यानलहरु बन्द भएका थिए। जस कारण नेपालीहरुले विश्वकप क्रिकेट, सीएनएन लगायत अन्य बिदेशी च्यानल हेर्नबाट बन्चित भएका थिए। सरकारले आफुहरुसंग कुनै सल्लाह सुझाब र छलफल नै नगरी एक पक्षीय रुपले क्लिन फिड लागू गरेको व्यवसायीहरुले आरोप लगाएका छन। 

सरकारका प्रवक्ता समेत रहेका सूचना संचार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले आफुहरुलाई भेट्न समेत अस्विकार गरेको भन्दै उनीहरुले नेपाली जनतालाई क्लिन फिड केहो भनेर बुझाउन र देखाउनको लागि मात्रै २४ घण्टालाई क्लिन फिड को 'डेमो' देखाएको बताएका छन।     

क्लिन फिड लागू गर्दा बिदेशी च्यानलमा नेपालका बिज्ञापन देखाउने सरकारको नीति हो या पूर्ण रुपमा विदेशका च्यानल बन्द गर्ने सरकारको नीति हो त्यसमा सरकार आफै स्पष्ट नभएको व्यवसायीहरुले आरोप लगाएका छन। 

आखिर सरकारले लागू गर्न चाहेको क्लिन फिड नीति के हो त ? के नेपालीहरुले बिदेशी च्यानल हेर्न नपाउने हुन त ? सरोकारवालासंग सरकारले छलफल नगरेकै हो त ? यी र यस्तै प्रश्नहरुको उत्तर खोज्नलाई बिजपाटी डटकमले सूचना संचार तथा प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीसंग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकनीको सम्पादित अंश:  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved