'नेपाली च्यानल हेरेर मात्र सक्षम बन्न सम्भव छैन, राष्ट्रियताको खेति गर्नु भएन' (अन्तर्वार्ता)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 25, 2019 | 09:15:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको विज्ञापन ऐन हुबहु लागु भए त्यसले टलिभिजन च्यानलहरु अत्यधिक महँगो पर्ने इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघको बुझाई छ।

प्रस्तावित बिज्ञापन ऐनले शुल्क तीन गुणासम्म बढ्ने भएकाले नेपाली ग्राहकले त्यो शुल्क तिर्न नसक्ने र अन्तत नेपालमा बिदेशी च्यानलहरु बन्द गर्नुपर्ने अवस्था आउने व्यवसायीहरुको भनाई छ। सरकारले अहिले लागू गर्न खोजेको क्लिन फिड कस्तो हुन्छ भनेर सर्वसाधारणलाई बुझाउन र देखाउन आफुहरुले २४ घण्टा बिदेशी च्यानल बन्द पनि गरेको डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले बिजपाटीलाई बताएका छन।  

क्लिन फिड लागू गर्दा के हुन्छ भनेर देखाउनलाई मात्रै आफुहरुले असार ९ देखि दिउँसो ३ बजेदेखि १० गते दिउँसो ३ बजेसम्म क्लिन फिड लागू गरेको आचार्यले बताए। क्लिन फिडको डेमो प्रस्तुत गर्दा नेपालभर बिदेशी च्यानलहरु बन्द भएका थिए। जस कारण नेपालीहरुले विश्वकप क्रिकेट, सीएनएन लगायत अन्य बिदेशी च्यानल हेर्नबाट बन्चित भएका थिए। 

क्लिन फिडमा धेरै पक्षको स्वार्थ भएकाले सरकार आफैं कस्तो प्रकारको क्लिन फिड भन्नेबारे स्पष्ट हुनुपर्ने उनले बताएका छन। क्लिन फिड कुनै नयाँ र नौलो बिषय नभई यो एउटा बिजनेश मोडल मात्रै भएको उनले बताएका छन। क्लिन फिड लागू गर्दा बिदेशी च्यानलमा नेपालका बिज्ञापन देखाउने सरकारको नीति हो या पूर्ण रुपमा विदेशका च्यानल बन्द गर्ने सरकारको नीति हो त्यसमा सरकार आफै स्पष्ट नभएको उनको भनाई छ।

सरकारले लागू गर्न चाहेको क्लिन फिड कसरि लागू हुनुपर्छ ? धेरै पक्षको स्वार्थ बांझिएकाले अहिलेको समाधान के हो ? यी र यस्तै प्रश्नको उत्तर खोज्नलाई बिजपाटी डटकमले डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यसंग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकनीको सम्पादित अंश:      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved