सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको विज्ञापन ऐन हुबहु लागु भए त्यसले टलिभिजन च्यानलहरु अत्यधिक महँगो पर्ने इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघको बुझाई छ।
प्रस्तावित बिज्ञापन ऐनले शुल्क तीन गुणासम्म बढ्ने भएकाले नेपाली ग्राहकले त्यो शुल्क तिर्न नसक्ने र अन्तत नेपालमा बिदेशी च्यानलहरु बन्द गर्नुपर्ने अवस्था आउने व्यवसायीहरुको भनाई छ। सरकारले अहिले लागू गर्न खोजेको क्लिन फिड कस्तो हुन्छ भनेर सर्वसाधारणलाई बुझाउन र देखाउन आफुहरुले २४ घण्टा बिदेशी च्यानल बन्द पनि गरेको इन्टरनेट तथा टिभि सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले बिजपाटीलाई बताएका छन।
क्लिन फिड लागू गर्दा के हुन्छ भनेर देखाउनलाई मात्रै आफुहरुले असार ९ देखि दिउँसो ३ बजेदेखि १० गते दिउँसो ३ बजेसम्म क्लिन फिड लागू गरेको उनले बताए। क्लिन फिडको डेमो प्रस्तुत गर्दा नेपालभर बिदेशी च्यानलहरु बन्द भएका थिए। जस कारण नेपालीहरुले विश्वकप क्रिकेट, सीएनएन लगायत अन्य बिदेशी च्यानल हेर्नबाट बन्चित भएका थिए।
नेपालका डिजिटल टेलिभिजन प्रदायकले भारतीय डिटिएच पोस्ने र नेपाली व्यवसायीलाई धारासायी बनाउने उद्देश्यले विज्ञापन ऐन–२०७६ ल्याएको उनले आरोप लगाएका छन् ।
सरकारले ऐन मार्फत ल्याउन लागेको विदेशी विज्ञापन बजाउन नपाउने नीति (क्लिन फिड) ले नेपाली व्यवसायीले व्यवसाय बन्द गर्नुपर्ने र अनधिकृत रुपमा विदेशी डिटिएच भित्रिएर नेपालको ठूलो रकम बाहिर जाने दाबि गरे। अहिले पनि सीमावर्ती तराई क्षेत्रमा अवैधानिक रुपमा भारतीय डिटिएच राखिएको र देशका अन्य ठाउँमा आफ्नो उपस्तिथी जनाईसकेको अवस्थामा थेक्नै नसक्ने गरी विदेशी डिटिएच आउने उल्लेख गरे । त्यसरी आउने डिटिएनलाई नियन्त्रण गर्ने संयन्त्र सरकारसँग हुँदै नभएको उनले बताए।
‘सरकारमा बस्नेहरुको अदुरदर्शीताका कारण २५ अर्बको डिजिटल टेलिभिजन उद्योग धारासायी हुने र त्यहाँ कार्यरत झण्डै ५० हजार कर्मचारीले जागिरबाट हात धुने अवस्था आउँछ’, उनले भने, ‘त्यसपछि ग्राहकको विकल्प विदेशी डिटिएच हो, यसले अनधिकृत रुपमा विदेशी टिटिएचले करोडौं रकम बाहिर लैजान्छन् ।’
क्लिन फिडबारे सरकारसंग छलफल गर्न खोज्दा तालुकदार सञ्चार मन्त्रालयले आफूहरुका कुरै सुन्नन नचाहेको उनले लगाए । नेपालीलाई भारतीयसहति विदेशी च्यानल हेर्ने बानी परिसकेकाले उनीहरुले जसरी पनि भिटी हेर्ने तर त्यसबाट व्यवासायी डुब्ने र सरकारी संयन्त्रले नियन्त्रण गर्न नसकेर राष्ट्रिय सुरक्षामै खतरा आउनसक्ने चेतावनी दिए।
सरकारले लागू गर्न चाहेको क्लिन फिड कसरि लागू हुनुपर्छ ? धेरै पक्षको स्वार्थ बांझिएकाले अहिलेको समाधान के हो ? यी र यस्तै प्रश्नको उत्तर खोज्नलाई बिजपाटी डटकमले सुबेदीसंग कुराकानी गरेको छ। प्रस्तुत छ कुराकनीको सम्पादित अंश: