'जनताले साथ दिइसके, सरकारले समेत अब क्लिन फिड रोक्न सक्दैन' आन अध्यक्षको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 26, 2019 | 07:52:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सामान्यतया क्लिन फिड भनेको नेपालमा प्रसारण हुने बिदेशी च्यानल बिज्ञापन रहित हुनु हो अर्थात नेपालमा प्रसारण हुने बिदेशी च्यानलमा कुनै पनि बिज्ञापन नदेखिनु हो। तर नेपाल सरकारले कुन मोडालिटीमा 'क्लिन फिड' लागू गर्ने भन्नेबारे कुनै स्पष्ट धारणा बाहिर ल्याएको छैन। संचार सुचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले क्लिन फिड सम्बन्धी बिज्ञापन ऐन अहिले प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेकाले मोडालिटीबारे कुरा गर्नु हतार हुने बताएका छन।

बिज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक मार्फत लागू गर्न खोजिएको 'क्लिन फिड' सर्वत्र चाँसोको बिषय बनेको छ। प्रस्तावित बिज्ञापन ऐन हुबहु लागू भए त्यसले टलिभिजन च्यानलहरु अत्यधिक महँगो पर्ने इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघको बुझाई छ। 

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले अहिलेकै अवस्थामा क्लिन फिड लागू हुँदा के हुन्छ भन्ने देखाउन २४ घण्टा क्लिन फिड लागू गरेर डेमो समेत देखाईसकेको छ। महासंघले डेमो देखाउँदा भुक्तानी गर्नुपर्ने विदेशका सबै च्यानल बन्द भएका थिए जसले गर्दा नेपालीहरुले जारि विश्वकप क्रिकेट समेत हेर्न पाएनन।    

तर बिगत १३ बर्षदेखि क्लिन फिड लागू हुनुपर्छ भन्दै लबिंङ गर्दै आएको नेपाल बिज्ञापन संघ भने कुनै पनि हालतमा नेपालमा क्लिन फिड लागू हुनुपर्ने बताउदै आएको छ। क्लिन फिड कारोबारसंग मात्र जोडिएको नभई नेपालको राष्ट्रियतासंग समेत जोडिएकाले क्लिन फिड लागू गर्नुपर्ने बिज्ञापन संघको दाबि छ। 

क्लिन फिडलाई लिएर सामाजिक संजालमा समेत बिभाजन देखिएको छ। अधिकांशले क्लिन फिड लागू गर्नुपर्ने धारणा व्यक्त गरेका छन भने कहिले सरकारले क्लिन फिड लागू गरेर नेपाललाई उत्तर कोरिया बनाउन चाहेको र बिदेशी च्यानल हेर्न पाउने नेपालीको अधिकार खोस्न लागेको विचार व्यक्त गरेका छन। 

बिजपाटी डटकमले क्लिन फिडलाई लिएर निरन्तर फलो अप गरिरहेको छ। यसअघि इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघका प्रतिनिधि, सरोकारवाला मन्त्रालयका प्रवक्ताको धारणा सार्वजनिक गरिसकेको छ। यहि क्रमलाई निरन्तरता दिंदै बिजपाटी डटकमले नेपाल बिज्ञापन संघ (आन) का अध्यक्ष रबिन्द्र कुमार रिजालसंग क्लिन फिड को आवश्यकता, यसको प्रभाव लगायतका बिषय समेटेर कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved