खोला बाँध फुटाएर राजमार्गमा छिरेपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2019 | 04:53:03 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन दिनदेखिको लगातार बर्षाका कारण पुर्व पश्चिम राजमार्ग अवरूद्ध भएको छ। राजमार्गको चन्द्रपुर बागमती खण्डको लच्कामा बाढी आएकाले राति देखी नै राजमार्ग अवरुद्ध भएको प्रहरी कार्यालयले जनाएको छ। 

राजमार्ग अवरुद्ध हुदा करीव ५ सय सवारी साधन रोकिएका छन ।राति देखी नै सवारी साधन आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटवालले बताए ।

राजमार्गको लच्कामा पानीको वहाव घटेको छैन । केही सवारी साधन बाढीमा पसेका थिए । प्रहरीले ति गाडीहरु लाइ निकालेका छन ।तीन दिन देखीको वर्षाका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित हुदै आएको छ। जिल्लाका एक खर्जन भन्दा बढी बस्ति मा पानी पस्न थालेको छ ।

बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा , गौर , गढौ लगाउतका बस्तीहरु डुवानको जोखिममा छन ।बागमती र लाल बकैया, चादी, लमाहा, झांझ  नदिमा पानीको बहाव उच्च हुदै गएको छ ।

स्थानिय प्रशासनले नदी छेउका बासिन्दाले अवस्था हेरी बस्तिमा नदी पस्ने सक्ने संभावना भएमा सुरक्षित स्थानमा जान आग्रह गरेको छ। नदीले वाँध कटान गरिरिहेकाले सतर्क रहनलाई त्यहाँ स्थानीयलाई आग्रह गरिएको छ। सुरक्षा निकालाइ खवर गर्न, तयारी खाना जस्तो (चिउरा, दाल्मोट, चाउचाउ, बिस्कुट आदि छुट्टै प्याक गरी सुरक्षित स्थानमा राख्न, वालवालिकाहरु लाइ अभिभावकको साथ राख्न, अभिभाबकको अनुमति बीना बाहिर निस्कन नदिन सवारी साधन डुब्ने स्थिति भएमा समयमा सुरक्षित स्थानमा लैजान,महत्वपूर्ण कागजात, पैसा पानीले नभिज्ने गरी राख्न,  जीर्ण कच्ची वा पक्की घर नबस्न जस्ता सुरक्षाका उपाय अपनाउन भनिएको छ।  आपतमा तथा उद्धारको आवश्यक्ता परेमा तत्काल प्रहरीको १०० नम्वरमा खबर खर्न आग्रह गरिएको छ।


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved