५ लाखमै इन्जिनियरिङको पढाई, जब ग्यारेन्टी सहित छात्रवृत्तिको व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 01:47:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको चेन्नईमा रहेको दानिस अहमद कलेजले नेपाली बिद्यार्थीलाई ५ लाखमै इन्जिनियरिङ अध्ययन गराउने भएको छ। एन्ना बिश्वबिद्यालय अन्तर्गतको यस कलेजले ४ बर्षे बिई र बिटेक पढ्नको लागि नेपाली बिद्यार्थीहरुको लागि बिशेष प्याकेज दिएको छ। 

यस अन्तर्गत नेपाली बिद्यार्थीले नेपाली ५ लाखमा ४ बर्षे इन्जिनियरिङ कोर्ष अध्ययन गर्न सक्नेछन। कलेजमा बस्न खानको समेत सुविधा रहेको छ। तर अध्ययन सहित बस्न खानको लागि भने कुल १० लाख ५६ हजार लाग्ने कलेजले जनाएको छ। 

यस बाहेक कलेजले नेपाली बिद्यार्थीलाई छात्रवृत्तिको समेत सुविधा दिने भएको छ। छात्रबृत्ति अन्तर्गत नेपाली बिद्यार्थीले ४ बर्षे इन्जिनियरिङ कोर्ष नेपाली २ लाख ५६ हजारमै अध्ययन गर्न सक्नेछन। यहि अगस्ट २५ भित्रै रजिष्टर्ड गर्ने बिद्यार्थीले मात्रै छात्रवृत्तिको सुविधा पाउनेछन।      

कलेजको बारेमा थप जानकारीको लागि:  http://sewanpl.org


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved