प्रहरी राति नै एक्सनमा उत्रदा जोगियो नेपाली बैंकको ५ अर्ब (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 02:31:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब विदेश लैजाने प्रयास भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। कृषि विकास बैंकको 'ह्याकिंङ' प्रकरणमा महानगरीय अपराध महाशाखा काठमाडौंले गरेको अनुसन्धानबाट यस्तो रहस्य खुलेको हो।   

महाशाखाकाअनुसार कृषि विकास बैंकबाट चोरी गरि बैंककै बिभिन्न ११ शाखा तथा कैलाश विकास बैंकको खातामा ट्रान्सफर गरिएको पैसा रेमिट मार्फत भारत पठाउन खोज्दा यो प्रकरण बाहिरिएको हो। 

विदेशी नागरिक काले भन्ने पिटरले नेपालमा प्रयोग गरेका ६ जना व्यक्तिले पारस रेमिट मार्फत प्रति व्यक्ति ६० लाख रुपैयाँ भारत पठाउन खोज्दा रेमिटका कर्मचारीले प्रहरीलाई दिएको जानकारीपछि यो सबै रहस्य खुलेको हो। 'शंकास्पद कारोबार भन्दै पारस रेमिटका कर्मचारीले जानकारी दिएपछि ६ जना पक्राउ परेको र पछि उनीहरुको बयानका अधारमा अन्य ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ। 

बिदेशी नागरिक काले भन्ने व्यक्तिले नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंकलगायतका बैंक तथा वित्तीय संस्थाहरुको ‘क्रेडिन्सिएल हाकिङ’ गरी रकम निकालिरहेको अवस्थामा महाशाखाको विशेष अनुसन्धान टोलीले शंकास्पद व्यक्तिहरुलाई उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो।

नेपालका बिभिन्न बैंक वित्तीय संस्थाबाट ५ अर्ब लुट्ने योजना रहेको पक्राउ परेकाहरुको बयानमा खुल्न आएको छ। कृषि विकास बैकबाट थालिएको यो प्रकरण अन्य बैंकमा समेत घटाउने योजना रहेको बयानमा खुल्न आएको छ। 

उनीहरलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ । पक्राउ पर्नेमा ४३ वर्षका लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ र निमा तामाङ रहेका छन्। पक्राउ पर्ने मध्ये एक जना होन्डी कारोबारो समेत रहेको खुल्न आएको छ।

५ अर्ब लुट्ने योजनामा ५ करोड चोरी !  

कृषि विकास बैंकबाट ५ करोड रुपैयाँ चोरी भएको पुष्टि भएको छ। चोरी भएको रकम मध्ये ६० लाख निकालिएको छ। चोरी भएको ४ करोड ७३ लाख रुपैयाँ कृषि विकास बैंकका बिभिन्न ११ वटा खातामा ट्रान्सफर भएको देखिएको छ। त्यस्तै कैलाश विकास बैंकको खातामा १९ लाख ट्रान्सफर गरिएको छ।

हेर्नस भिडियो: 


यसअघि:

-कृषि विकास बैंकमा ह्याक नभई बदमासी , यसरि चोरियो २ करोड

-नेपाली बैंकबाट ५ अर्ब चोर्ने योजना: ११ पक्राउ, योजनाकार फरार

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved