अमेरिका मोह: डिभी भर्न पासपोर्ट बनाउनेको भिड (भिडियो सहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 23, 2019 | 01:18:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिका जाने इलेक्टोनिक डाइभर्सिटी भिसा ‘इडिभि’ भर्न राहदानी अनिवार्य गरेसँगै पासपोर्ट बनाउने युवाहरुको संख्या ह्वात्तै बढेको छ । डिभि भर्न पासपोर्ट अनिवार्य भएपछि डिभी भर्ने र भराउनेको संख्यामा कमि आउला कि भन्ने सामान्य अनुमान थियो । तर चिठा भर्नकै लागि दैनिक सरदर ३ हजार युवाले १० हजार रुपैयाँ तिरेर राहादानी बनाउने गरेका छन् । 

सन् २०२१ को लागि अमेरिकामा बसोबास गर्न मिल्ने डीभीको आवेदन खुल्ला भएपछि पासपोर्ट बनाउने नेपाली बढेको राहदानी विभागले जनाएको छ । अमेरिकाले सन् २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिने गरि आवेदन खोलेको हो ।

डिभीमार्फत यस वर्ष ५५ हजार नेपालीलाई अमेरिकाले आफ्नो देश लैजादै छ । डिभि भर्दा पासपोर्ट जारी गरिएको देश र पासपोर्टको म्याद अवधि उल्लेख गर्नुपर्ने भएका कारण पासपोर्ट बनाउनेहरु बढेका हुन् ।

योसँगै करिब डेढ वर्ष बन्द भएको मलेसिया रोजगारी समेत खुलेपछि पासपोर्ट बनाउने बढेका हुन् । श्रम भिषामा मलेसिया जाने सोच बनाएका युवाहरुले राहदानी बनाउने क्रम बढेका कारण विभागमा भिड देखिन थालेको छ । 

हेर्नुहोस् भिडियोः 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved