प्रधानमन्त्री ज्यू! झ्याल खोलेर हेर्नुहोस, गरिब मन्दिर र मस्जिदमा पनि भेटिन्छन (भिडियो रिपोर्ट)

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 03, 2019 | 02:41:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा मूलुक अब गरिब रहेन भन्ने आशयका अभिव्यक्ति दिने गर्छन् । उनका यस्ता अभिव्यक्ति सामाजिक सञ्जालमा हाँसोका खुराक बन्ने गर्छन् । तर पनि प्रधानमन्त्रीले भन्न छोड्दैनन् । 

केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका सडक र पेटीमा थोत्रा लुगा लगाउने मान्छे देखिन छोडेको अभिव्यक्ति दिए । यो अभिव्यक्ति पछि प्रधानमन्त्री सामाजिक सञ्जालमा निकै आलोचित समेत भए । 

फुटपाथमा बसेर गीत गाउँदै माग्ने, मादल बजााउँदै माग्ने, हात फिँजाएर माग्ने, मन्दिर र मस्जिदको वरिपरी बसेर माग्नेको कमी छैन । राजधानीका सबैजसो आकाशे पुलमा माग्नेहरुले कब्जा नै जमाएर बसेका हुन्छन् । कोही गीत गाउँदै, कोही मादल बजाउँदै, कोही अगाडी थाल कचौरा लिएर बसेका हुन्छन् । 

तर तथ्यांकको ख्याल नै नगरी हचुवाका भरमा प्रधानमन्त्री जस्तो मुलुकको कार्यकारी व्यक्तिले माग्ने र गरिब देखिन छोडे भन्नु आफैँमा हाँस्यास्पद छ ।

हेर्नुहोस् भिडियोः 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved