एक तिहाई काम सकिँदा यस्तो देखियो धरहरा (भिडियोसहित)

हरेक १४ दिनमा एक तल्ला थप
निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 24, 2019 | 06:59:54 PM मा प्रकाशित

laxmi  sunrise bank

धरहराको पुननिर्माण तीव्र गतिमा भईरहेको छ । राष्ट्रि पुननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीसहितको टोलिले मंगलबार धरहरा पुननिर्माणको अनुगमन गरेको छ । ज्ञवालीले निर्धारित समयमा निर्माण हुने अवस्था रहेको भन्दै धरहरा पुननिर्माणको तीव्रताले भूकम्पले भत्काएका संरचना निर्माणमा सरकार सफल छ भन्ने देखाएको दाबी गरे । 

२४ सैँ घण्टा काम भईरहेको धरहरा सन् २०२० को अक्टुबरसम्म सक्ने लक्ष्य छ । गतवर्षको पौष १२ गते प्रधानमन्त्रीले शिलान्यास गरेर निर्माण सुरु गरेको धरहराको हाल करिब ३३ प्रतिशत काम सएिको छ । दैनिक ३५० कामदार खटिएका छन् । हालसम्म जमीनमुनि (अण्डर ग्राउण्ड) का दुईतल्ला र जमीनभन्दा माथि एक तल्ला ढलान सकिएको छ । अहिले चौथो तल्लाको काम भईरहेको छ । हरेक १४ दिनमा एक तल्ला ढलान सक्ने लक्ष्यसहित काम भईरहेको छ । २२ तल्लाको बन्ने धरहरा जिआइइटिसी–रमन जेभी ले पुननिर्माण गरिरहेको छ । 

ठेकेदार कम्पनीका कार्यकारी निर्देशक रमन महतोले मौसमले साथ दिए तोकिएको समयमा निर्माण सम्पन्न हुने दाबी गरेका छन् । उनले अब काममा कुनै बाधा नरहेकाले निर्धक्क काम भईरहेको बताएका छन् ।

भिडियोः 

https://youtu.be/qJQNpwXLSHg


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved