रानीपोखरीमा के हुँदैछ ? (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 26, 2019 | 06:31:09 PM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक रानीपोखरी पुननिर्माणको कामले तीव्रता लिएको छ । २०७२ सालको माघ २ गते भूकम्प दिवसकै अवसरमा राष्ट्रपतिले शिलान्यास गरेपनि विभिन्न समयमा देखा परेका बाधा र अड्चनका कारण काम समयमै हुन सकेको थिएन ।

सुरुमा काठमाडौँ महानगरपालिकाले पुननिर्माण गर्ने भनिएपनि रानीपोखरीको ऐतिहासिकता गुम्ने गरी पुननिर्माण हुन लागेको भन्दै पूरातत्व विभागले काम नै रोकिदिएको थियो । पछि फेरि पुननिर्माण प्राधिकरणले नै काम सुरु गरेको हो । हाल उपभोक्ता समितिले भक्तपूरका कालिगढमार्फत काम गरिरहेको छ ।

पोखरीमा इट्टा बिछ्याउने काम अहिले भईरहेको छ । रानीपोखरी पुननिर्माण उपभोक्ता समितिले इट्टा विछ्याउने र पोखरी छेउमा पर्खाल बनाउने काम गरिरहेको छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भने सिएमसी जेभीले बनाउँदैछ ।

भिडियो हेर्नुहोस्ः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved