'हामी एक वर्ष अगाडि नै तयार थियौँ' हानका उपाध्यक्ष शाहको अन्तर्वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 03:00:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन बुधबार हुँदैछ। २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्षमा संस्कृति र सम्पदालाई प्राथमिकतामा राखेर योजना बनाईएका छन् । भ्रमण वर्षको उद्घाटनका दिन १०८ सारंगी, १०८ मुरली बजाइने छ । पशुपतिमा १०८ शंख फुकिने योजना पनि छ । 

नेपाल आउने पर्यटकले बिताउने अधिकांश समय होटलमा हो। एउटा पर्यटकले नेपाल बसाईँको करिब ५० प्रतिशत समय होटलमा बिताउने गर्छन। सरकारले २० लाख पर्यटक ल्याउने भन्दै गर्दा के नेपालमा २० लाख पर्यटक धान्ने पर्यटक स्तरका होटल छन् त भन्ने प्रश्न उब्जिन्छ। यो प्रश्नको जवाफमा सरकार नीजि क्षेत्रको मुख ताक्छ, र भन्छ, ‘लगानी भित्रिने क्रम जारी छ, व्यवसायीहरु लगानी बढाईरहेका छन् । २० लाख पर्यटक अटाउन मुस्किल छैन ।’ सरकारबाट यस्तो गोलमटोल उत्तर आएपनि नीजि क्षेत्र भने दाबीका साथ भन्छ, ‘हामी सन् २०१९ मै २५ लाख पर्यटक अटाउन सक्ने क्षमतामा थियौँ, अहिले त्यो क्षमता बढिसक्यो ।’ 

निजि क्षेत्रको दाबिलाई मात्रै बिश्वास गर्ने हो भनेपनि होटल क्षेत्रमा १० खर्ब बढीको लगानी छ। १० खर्ब लगानीमा बैंक वित्तीय सँस्थाको लगानी करिब १४० अर्ब रहेको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्म बैंक तथा  वित्तीय संस्थाले होटल र तथा अन्य पर्यटन क्षेत्रमा १ खर्ब २३ अर्ब ७४ करोड कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङकअनुसार कात्तिक मसान्त सम्म बैंक तथा वित्तीय संस्थाले होटलमा ९८ अर्ब ६८ करोड ६५ लाख  रुपैयाँ कर्जा लगानी गरेका छन्।  

यस्तै पदयात्रा, पर्वतारोहण र र्याफ्टीङ लगायतको क्षेत्रमा २५ अर्ब ६ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंक अनुसन्धान विभागको तथ्याङक छ।  बैंकहरुले होटल र रेस्टुरेन्टमा समेत गरेर १ खर्ब ३१ अर्ब भन्दा बढी लगानी गरेको छन् । जसमध्ये वाणिज्य बैंकले १ खर्ब १६ अर्ब ४६ करोड, विकास बैंकले १२ अर्ब ७१ करोड र र फाइनान्स कम्पनीले २ अर्ब ७५ करोड लगानी गरेका छन्।

हाल नेपालमा १२ हजार होटल भएको अनुमान छ । तर पर्यटक स्तरका होटलमा शैया (बेड) भने ४६ हजार वटा छन्। होटल संघ नेपाल (हान) काअनुसार करिब २ हजार पर्यटक स्तरका होटलको संस्था हानमा सदस्य रहेका होटलको क्षमता ४६ हजार शैया (बेड) हो।

नले ‘नेपाल भ्रमण वर्ष २०२०’ अवधिभर ३० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । एक वर्षभरी होटेलको रुम चार्जमा ३० प्रतिशत छुट र खानामा १५ प्रतिशत छुट दिने हानको घोषणा छ । नेपालमा बस्ने, खाने र घुम्ने ठाउँको अभाव र समस्या नरहेपनि पर्यटक ल्याउने पूर्वाधारकै अभाव रहेको होत होटल व्यवसायीहरु बताउँछन।

नेपाल भ्रमण बर्षमा होटल व्यवसायीको तयारि र होटल व्यवसायको अवस्था तथा होटल क्षेत्रको विकास तथा विस्तारमा सरकारको भूमिकाबारे बिजपाटी डटकमले होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहसंग कुराकानी गरेको छ। कुनैबेला पत्रकारिता समेत गरेका होटल व्यवसायी शाहसंग गरिएको कुराकानीको सम्पादित अंश भिडियोमा हेर्न सक्नुहुन्छ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved