युवाको मृत्युपछि सुर्खेत तनाबग्रस्त, गोली लागेर ८ घाइते (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 05:19:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेत बिरेन्द्रचोकमा गोली चल्दा ८ जना घाईते भएका छन्। मंगलबार टिप्परले किचेर कालिकोटका स्थानीय युवा २० वर्षीय केशर सिंहको मृत्यु भएपछिको आन्दोलनमा प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएको प्रत्यक्षदर्शीले बिजपाटीलाई बताएका छन। स्थानीयका अनुसार टिप्परले १५ मिटर टाढासम्म लतारेकाले घटनास्थलमै ति युवाको मृत्यु भएको हो। 

आफुलाई भेट्न आएको बेला मृत्यु भएको भन्दै टिप्परले किचेर सिंहको केटि साथिले समेत आत्महत्या गरेको स्थानीयले दाबी गरेका छन् ।  यद्यपि सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले भने एउटा आत्महत्याको जानकारी आएको तर अहिलेसम्म उनी मृतकका केटी साथी भएको पुष्टि गर्न कुनै आधार नभेटिएको बताए ।   

 युवायुवतीको मृत्युपछि स्थानीयले प्रहरी प्रशासन बिरुद्द गरेको आन्दोलनले उग्र रुप लिएको छ। आन्दोलनलाई रोक्न २ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । तर प्रदर्शनकारीलाइ लागेको गोली भने आफुले नचलाई अज्ञात समुहले चलाएको प्रहरीले दाबी छ । आन्दोलन चर्किएकाले प्रहरीले आज बेलुका ६ बजेदेखि लागू हुनेगरी भोलिसम्मलाई कर्फ्युको घोषणा गरेको छ। 

हेर्नुस भिडियो : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved