‘लक डाउन’ का बेला घरभाडा छुट दिने घोषणा गरेका हरिहरसँग EXCLUSIVE अन्तर्वार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 21, 2020 | 02:58:50 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा घर भएका व्यक्तिहरु आफ्नो घरको कोठामा भाडा बस्नेहरुसँग भाडादर बढाउने होडबाजीमा छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले २५ जनाभन्दा धेरै मानिस एकै ठाउँमा भेला हुन नपाउने, विभिन्न तहका परीक्षा स्थगित गर्नेलगायतका निर्णय गरेपछि काठमाडौँ छोड्ने मानिसहरुको संख्या हरेक दिन बढिरहेको छ । यस्तो अवस्थामा घरबेटीहरुले ‘अहिले घर गएर पछि फर्केर आउने हो भने एडभान्समा भाडा तिर्नुपर्ने वा पछि आउँदा हालको भन्दा बढी भाडा दिनुपर्ने’ सर्त राखिराखेका छन् । 

यस्ता घरबेटीहरुको भिडमा एउटा परोपकारी परिवार पनि रहेछ । काठमाडौँको कलंकीमा रहेको ५ जनाको यो परिवार ३ तले घर भएको परिवार हो । घरमूलि छन् हरिहर लामिछाने । नीजि व्यवसाय गर्दै आएका उनका ८४ वर्षीया पीता बासुदेव लामिछाने छन् साथमा । परिवारको निर्णय हरिहर र उनकी श्रीमतीले गर्छिन् । तर हरेक निर्णय हुनुपूर्व उनै पीताले सल्लाह दिने गर्छन् । भूकम्पको समयमा करिब ६ महिनासम्म आफ्नो घरमा कोठा भाडा लिएर बसेकालाई पैसा नलिई राखेको यो परिवारले अहिले कोरोना भाइरसको त्रासको समयमा ३ महिना कोठा भाडा नलिने निर्णय गरेको छ । 

लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेपछि उनको स्टाटस अहिले भाइरल छ । आफूले कुनै पनि किसिमको प्रचारबाजी र भाइरल हुन आफूले यस्तो घोषणा गरेको नभई पुण्यको लागि पीताले दिएको सल्लाह बमोजिम यस्तो घोषणा गरेको उनको भनाई छ । 

हरिहरको परिवारमा बुबा, श्रीमति अन्नपूर्ण खनाल र छोराछोरी गरी ५ जना छन् । ‘बुबा त हाम्रो जीवित देवता हुनुहुन्छ, उहाँकै सल्लाहमा हामी बेलाबेलामा यस्ता परोपकारी कामहरु गर्छौँ’ हरिहरकी श्रीमति अन्नपूर्णले भनिन् । भाडामा २ परिवारका ८ जना बस्छन् । उनीहरुले कोठाभाडा मात्रै होईन, बिजलु, पानी, फोहोर र इन्टरनेटसम्मको शुल्क ३ महिनाका लागि नलिने घोषणा गरेका छन् । 

मकवानपूरको थाहा नगरपालिका चित्लाङको यो परिवार पहिल्यैदेखि दुखको बेला लिने होइन दिने काम गर्नुपर्छ भनेर लाग्ने परिवार हो । भागवत पूराण लगायतका धार्मीक कार्यहरु लगाउँने बासुदेव अहिले पनि घरमा भाडामा बस्नेहरुको कोठामा पुगेर तरकारी, चामल के छैन, कति छ, आज खायौ कि खाएनौँ भनेर सोधिरहन्छन् । 

हरिहर २०४४ सालमा काठमाडौँ छिरेका थिए । त्यतिबेला आफू पनि भाडामा बस्ने गरेको र भाडामा बस्नेहरुको पीडा बुझेका कारण संकटको बेलामा उनी यस्ता परोपकारी कर्महरु गरिरहन्छन् । 

भाडामा बस्नेहरु पनि पूर्ण सन्तुष्टसहित आफूहरु भाग्यमानी रहेको र यस्तो घरबेटी पाएको खुशी साट्छन् । 

भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved