एकै परिवारका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि यतिखेर काठमाडौंको पेप्सीकोलास्थित सनसिटि अपार्टमेन्ट मात्रै नभई त्यस आसपास क्षेत्रमा शुन्यता छाएको छ।
लकडाउनका अन्य दिनमा पनि दैनिक सामान्य जस्तै रहेको यस क्षेत्र सोमबार बेलुकादेखि सुनसान बन्न पुगेको छ। दिनमा समेत सनसिटि आसपास क्षेत्रमा सन्नाटा छाएको छ।
सनसिटि अपार्टमेन्ट र आसपासमा अहिले सुरक्षाकर्मी र संचारकर्मी बाहेक अरुको उपस्तिथी शुन्य जस्तै छ। त्यसमा पनि अपार्टमेन्टमा शिलबन्दी गरीएपछि दिनमा नै सन्नाटा छाएको अवस्था छ। यस क्षेत्रमा सम्पूर्ण गतिबिधि रोकिएको छ।
सनसिटि अपार्टमेन्टमा बस्नेको गतिबिधि नै सम्पूर्ण रुपमा बदलिएको छ। अन्य दिनमा मानिसहरु हिड्डुल गरेको भेटिन्थे भने केहि बाहिर निस्केर समुहमा कुराकानी गरेको देखिन्थे। तर अहिले माहोल पुरै बदलिएको छ। अपार्टमेन्टको गेटमा ुभित्र प्रवेश गर्न मनाही लेखिएको छ भने उक्त क्षेत्रलाई सुरक्षाकर्मीले पहरा दिइरहेका छन्। बेलाबखत भिडियो र फोटो खिच्न त्यहाँ सचारकर्मी देखिने बाहेक अरु पुरै गतिबिधि रोकिएको छ।
अपार्टमेन्टमा बस्ने बेलायतबाट फर्केका परिवारका दुई जनामा कोरोना पोजेटिभ भेटीएपछि पेप्सीकोला क्षेत्रको अवस्था नै बदलिएको छ। यहाँको स्थानीय सरकार माइकिङ गर्दै सबैलाई घरमै बस्न आग्रह गरिरहेको छ भने यस क्षेत्रलाई स्यानीटाईज गर्ने प्रयास गरिएको छ। हेर्नुस भिडियो कथा