रमजानको पुर्वसन्ध्यामा मुस्लिम समुदायलाई मुस्लिम आयोगको यस्तो अपिल (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 07:40:37 PM मा प्रकाशित

laxmi  sunrise bank

 मुस्लिम आयोगले मुस्लिम समुदायको पवित्र महिना रमजानको नमाज घर मै बसेर पढ्न आग्रह गरेको छ ।  आयोगका अध्यक्षले समिम मियाँ अन्सारीले मुस्लिम समुदायलाई मस्जिदमा नगई घरमै बसेर नमाज पढ्न आग्रह गरेका हुन् । 

भोलिबाट सुरु हुने रमजानको व्रत घरमै बसेर गर्न उनले आग्रह गरेका हुन् ।  त्यस्तै व्रत तोड्दा सामूहिक बस्ने चलन तोड्न उनले आग्रह गरेका हुन् । उनले कोरोना भाइरसको महामारीबाट सचेत रहदै घरमै बसेर नियमित कर्म गर्न अनुरोध गरेका हुन् । 

उनले कोही मस्जिद र मदरसामा रहेको भेटिए तुरुन्त नजिकैको जिल्ला प्रसासन कार्यालय र स्थानीय सरकारलाई भनेर कोरोना परीक्षणका लागि सहयोग  गर्न समेत आग्रह गरेका छन् । 

हेर्नुस भिडियो: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved