डिशहोमका एमडी आचार्यको अनुभवः होटलमा भाडाँ माझ्नेदेखि बैंकको अध्यक्षसम्म

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2020 | 06:18:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सुदिप आचार्य नेपाली युवा उधमी हुन् । कृष्ण प्रसाद आचार्यका छोरी र भरत मोहन अधिकारीका ज्वाई हुन् उनी ।  कामना सेवा विकास बैंकका अध्यक्ष समेत रहेका आचार्यले डिस होमको एमडि पदको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

नेपाल मै केही गर्छु भन्ने सोच भएका उनले जीवनकालको व्यवसायिक यात्रा रोटि उत्पादनबाट शुरु गरे । रोटि उत्पादन व्यवसायमा जम्न नसकेका उनीसँग पस्मिनाको समेत व्यवसाय गरेको उनुभव छ । आफ्नै मातृभुमिमा केही गर्नु पर्छ भन्ने भावना भएका उनले अमेरिकाको ग्रीन कार्ड समेत त्यागे ।

बारम्बार विभिन्न व्यवसायमा हात हालेका उनी आफुले शुरु गरेको केही व्यवसायमा जम्न असफल समेत भए । कहिले आफुले शुरु गरेको व्यवसायमा आफ्नै कमजोरीका कारणले सफल हुन सकेनन् भने कहिले राज्यको व्यवसायी प्रति रहेको नीति, रणनीतिका कारण सफल हुन सकेनन् । व्यवसायी पृष्ठभुमिमा रहेका आचार्यको कथा सफलताको कथा हो ।


आफ्ना लागि आफैले केही गर्नु पर्छ भन्ने सोच पालेका आचार्यसँग उनको जीवनको भोगाईबारे कुराकानी गर्न उनको कार्यलय पुग्दा उनि ल्यापटपमा केहि नियाल्दै थिए। कार्यलयको ढोका खोल्न आफैं आइपुगेका आचार्यले सुरुमा नेपालका मिडियाको काम गराईबारे चर्चा गरे। नेपालका मिडियाले अहिलेपनि आवश्यकताअनुसारको धार सम्हालीनसकेको उनको भनाईमा देखिन्थ्यो। 

गहिराईसम्म नपुगी लेखिएका कतिपय समाचारले धेरै अप्ठ्यारो पारेको सुनाउदै गर्दा उनले काम गर्न सके मिडियामा पनि प्रशस्त अवसर भएको सुनाए। शान्त स्वभाव तर स्पष्ट र सिधा बोल्ने  बानि भएका आचार्यले आफ्नो भोगाईबारे हामीसँग कुराकानी गर्दै गर्दा हामीले  कार्यलयमा भएको एउटा पेन्टिङबारे जिज्ञासा राख्दा उनले उक्त पेन्टिङ आफ्नो अमेरिकाको मिल्ने साथीले बनाएको तर त्यो पेन्टिङ आफुले किनेको उनले सुनाए। समय र परिश्रमको मुल्य चिन्नुपर्ने उनले सुनाए ।

६ वर्षको हुँदा काठमाडौँ प्रवेश  

पोखरामा जन्मिएका सुदिपको बाल्यकाल पोखरामा नै वित्यो । सुदिपका हजुरबुवा व्रिटिशमा ब्रामहणका रुपमा उनका बुवा सानै छदाँ गएका थिए । हजुरबुवा मात्रै हैन उनका बुवा बाहेक सबै परिवार उतै तिर गएका थिए । तर परिवारका अन्य सदस्य भने कहिले नेपाल त कहिले व्रिटिशमा रहन्थे । 

दुई कक्षा सम्मको पढाई सके पछि सुदिप उच्च शिक्षा हासिल गर्नका लागि २०३६ सालमा जन्मस्थल छोडेर काठमाडौँ आएका थिए । दुई कक्षा पास गरेर काठमाडौँ आएका सुदिपलाई उनका बुवाले राम्रो पढाई हुने स्कुलमा भर्ना गर्न चाहे । हुन त उनीहरु पोखरामा रहँदा पनि सुदिपका लागि पढाई राम्रो हुने विधालयमा पढाउन चाहन्थे । तर त्यो समयमा उनको चाहे जस्तो विधालय भने पाएका थिएनन् । छोरालाई राम्रो शिक्षा दिउँ भन्ने लक्ष्यका साथ उनका बुवाले बोर्डिङमा भर्ना गराई दिए ।  

एसएलसी सकाए पछि सुदिपले ओ लेवल गरे । ओ लेवल गर्दा उनले साइन्स विषय रोजेका थिए । ओ लेवल गर्दा गर्दै सुदिपको मनमा के साइन्स पढ्नु भन्ने भावना जागेको थियो । साथिहरुले पनि साइन्स के पढ्नु भन्थे । उनलाई हो जस्तै लाग्थ्यो । के गरौँ गरौँ भन्ने दोधारमा परेका उनले त्यो समयमा ओ लेवलको मिड टर्म एक्जाम नै विगारे ।  एसएलसी पास भए पछि उनी मोर्डन इण्डियन पुगे । र कर्मश पढ्न शुरु गरे । कर्मश पढ्दा पढ्दै  सुदिपले विचार गरे ओ लेवल लगभग सकिनै लाग्यो । फेरि उनी ओ लेवल पढ्नका लागि बुढानिकण्ठ नै गए । र एक्जाम पनि दिए । एक्जाम राम्रै पनि गरे । 

११ कक्षा पढेका सुदिप हाइ स्कुलका लागि अमेरिका 

१९९० मा एसएलसी पास भएका सुदिप हाइ स्कुल पढ्नका लागि अमेरिका पुगे । अगष्ट १९९१ मा उनी अमेरिका गए । हाई स्कुल पढ्नका लागि अमेरिका पुगेका सुदिपले युनिभर्सिटीमा नै पढ्ने मौका पाए । युनिभर्सिटिमा पढ्ने अवसर पाएका सुदिपलाई के विषय पढ्ने भने कुराले सताएको थियो त्यो बेला । कम्प्युटर इन्जिनियरिङ पढ्नु पर्ला सोच बनाए । त्यो समय सुदिपले थाहा पाएका थिए इन्डष्ट्रि इन्जिनियरिङ भन्ने विषय रहेछ । उनका बुवा नेपालमा त्यो बेला रारा चाउँचाउको व्यवसाय सम्हालेर बसेका थिए । यसका साथै अन्य व्यवसाय सम्हाल्दै आएका थिए । त्यहि विषय पढ्दा ठिक होला भन्ने लागेर उनले त्यहि विषय पढ्ने निधो गरे । 

पढाई खर्चका लागि भाडाँ माझ्ने काम

पढाई खर्चका लागि उनले काम पनि गर्न थाले । उनको पहिलो काम थियो भाडा माझ्ने । त्यो समय उनी अमेरिकामा एक्लै  थिए । कोही आफन्त अनि साथिभाई नै थिएनन् । पछि उनले पढ्दै गरेको युनिभर्सिटि महंगो भएर अर्कै युनिभर्सिटिमा सरे । त्यहाँ गए पछि भने उनले विभिन्न देशका मान्छेहरुलाई आफ्ना साथि बनाए । 

सन् १९९६ मा नेपाल फर्किए उनी । नेपाल मै केही गर्नु पर्छ भन्ने भावना जागर उनी नेपाल फर्के  । नेपाल मै केही गर्छु भनेर म अमेरिका बस्नु हुदैन् भन्ने लागेर उनी नेपाल फर्किए । अमेरिका भास्सिने डरले उनी नेपाल आएका थिए । नेपाल आए पछि केही त  गर्नु पर्यो भन्ने उनलाई लागेको थियो । बुवा व्यवसायी गर्ने भएकाले गर्दा पनि होला उनको ध्यान व्यवसाय तर्फ नै खिचिएको थियो । व्यवसाय नै गर्नु पर्छ भन्ने उनलाई लाग्दथ्यो । उनले अमेरिकामा रहँदा रोटि बनाउने फ्याक्ट्रीमा काम गरेका थिए । त्यो व्यवसाय अमेरिकामा राम्रै चलेको थियो । त्यहि भएर उनले त्यहि व्यवसाय गर्ने निर्णयय गरी काम पनि शुरु गर्न पुगे । तर, उनले सोचे जस्तो चलेन त्यो व्यवसाय ।  उनले महशुस पनि गरे यो अगाडि बढ्न सक्दैन भनेर । त्यसैले त्यो व्यवसायलाई पूर्ण विराम नै लगाए । तत्कालै बन्द गरे । एउटा व्यवसाय नचले पनि उनी व्यवसाय नै गर्ने सोचमा थिए । के गर्ने कसो गर्ने भन्ने दोधारमा अझै थिए उनी । 

मास्टर्सका लागि फेरि अमेरिका 

नेपाल मै केही गर्नु पर्छ भन्ने सपना लिएर उनी स्नातक लेवलको पढाई सकाएर नेपाल फर्केका थिए । नेपाल आएर शुरु गरेको पहिलो व्यवसाय नचले पछि १९९९ फेरि उनी अमेरिका फर्के मास्टर्स गर्नका लागि । व्यवसाय गर्ने सोच भएका उनी त्यहाँ पुगेपछि पस्मिनाको व्यवसाय गर्न लागे । नेपालबाट पस्मिना पठाउने काम बुवाले सघाएका थिए । उनले अनलाइन मार्फत पस्मिनाको व्यापार गर्न थाले । उनी त्यो समयमा पढ्दै पनि थिए । पढाईसँग सँगै व्यवसाय पनि गर्दै गए । 

सन् २००२ मा फेरि उनी नेपाल फर्के । नेपाल फर्किए पछि विवाह बन्धनमा बाधिए । त्यो समय नेपालमा व्यवसाय गर्नका लागि राम्रो समय देखेनन् उनले । र व्यवसाय गर्ने सपना बोकी पुगे चाइना । चाइना पुगेका उनले त्यहाँ पनि खासै उपलब्धीमूलक काम भने गर्न सकेनन् । र २००५ मा परिवारलाई भेट्नका लागि अमेरिका पुगे । परिवारसँग भेट गर्न भनेर अमेरिका पुगेका उनले फेरि त्यहि कारपेटको व्यवसाय गर्न लागे । 

२००८ को जनवरीमा अमेरिकाको ग्रीन कार्ड पाएका थिए उनले । फेरि उनी नेपाल आए । उनी नेपाल आउँदा नेपालमा २०६२/६३ को जनआन्दोलन सकिएको अवस्था थियो । त्यसपछि उनले नेपाल मै बस्ने निधो गरेका थिए । दुई तीन वर्ष  पछि उनले आफुले पाएको ग्रीन कार्ड पनि त्याग गरे र नेपालस्थित अमेरिकन दुतावासलाई ग्रिन कार्ड फिर्ता दिए । 

ग्रीन कार्ड त्यागेर नेपाल आएका सुदिप आफ्नै देशमा केही गर्न पाउँदा खुसि महशुस गर्दछन् । ग्रीन कार्ड त्यागेर नेपाली जगतमा नै केही गर्नु पर्छ भन्ने सपना देखेका सुदिप आफ्नो पेशा, व्यवसाय प्रति सन्तुष्ट छन् । अमेरिका छँदै उनलाई आफ्नै देशमा म रहनु पर्छ भन्ने लाग्ने गर्दथ्यो । पारिवारिक पृष्ठभुमि कै कारणले गर्दा पनि होला उनलाई नेपाली भुमिमा नै केही गर्नु पर्छ भन्ने महशुस हुने गर्दथ्यो । पटक पटक नेपाल आएर पछि सफल नभएका आचार्य भन्छन्, त्यो बेला मलाई समय नमिलेको मात्र हो, मैले नेपाल मै केही गर्छु भन्ने सोचेको कुरा ठिक हो जस्तो लाग्छ , मैले त्यो समयमा लिएको निर्णय सही हो जस्तो लाग्छ । २०१० मा डिस होमको होम टिभि शुरु भएको थियो । शुरुमा उनी एडभाइजरको रोलमा छिरेका थिए । सुदिप अहिले डिस होमको एमडि हुन् । 

डिस होमको हालको अवस्था 

रोजगारीको हिसाबले हेर्दा डिस होमले आज प्रत्यक्ष रुपमा दुई सय जनालाई रोजगारी दिलाएको छ । त्यस्तै, अप्रत्यक्ष रुपमा नेपाल भरि १० हजार जनालाई रोजगारी दिँदै आएको छ । चुक्ता पूँजी दुई सय करोड रुपैयाँ रहेको छ । साथै,  आइपीओ यसै वर्ष ल्याउने तयारीमा रहेको छ । 

बैंकिङ यात्रा 

हाइड्रोपावर, डिस होम र बैंकिङ क्षेत्रमा लाग्ने सोच थियो उनको । कास्की फाइनान्सको डिरेक्टर समेत हुन् सुदिप । राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याए पछि पूँजी बढाउने कुरा निस्किन पुग्यो । र कास्की फाइनान्स र कामना विकास बैंक मर्ज भई कामना विकास बैंक हुन पुग्यो । मर्ज भए पश्चात पनि उनी पून डाइरेक्टर हुन पुगे । त्यस पछि कामना र सेवाको मर्ज भयो । कामना र सेवाको मर्ज भईसकेपछि सुदिप अध्यक्ष बन्न पुगे । 

त्यो समय आफुलाई बैंकिङ आइडिया नभएको स्वीकार गर्छन् उनी । बैंकिङ क्षेत्र चाँही कसरी चलेको छ भनेर बुझ्ने मौका भने अध्यक्ष भएर आए पछि थाहा भएको उनि सुनाउँछन् । 

राम्रो अवसर आए मर्जमा जान्छौँ 

स्टेक होल्डरलाई फाइदा हुने गरी अवसर आए मर्जमा मर्जरमा जान्छौँ । राम्रो कर्मसियल बैंक आयो भने मर्जमा जान सक्छौेँ । साथै सानो संस्थालाई लिन सकिन्छ भन्नेमा पनि छौँ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved