हातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 12, 2020 | 08:03:02 PM मा प्रकाशित

tansen cement

बालाजुको बोहोराटारमा श्रीकृष्ण भट्टराईले माघ १६ गतेबाट घर बनाउन सुरु गरे । अहिले तेस्रो तल्लाको ढलान सुरु गर्ने तयारी छ । २ तल्लाको ढलान सकुञ्जेलसम्म निर्माण सामग्रीमा कुनै कमजोरी याद गरेनन् । तर बुधबार एकाएक डण्डीमा समस्या देखियो ।

जगदम्बा कम्पनीका फलामे रड प्रयोग गरेका उनी बुधबार कामदारले डण्डी भाँचिएको खबर गरेपछि छाँगाबाट खसेजस्तै भए । ४ आना जग्गामा घर बनाउन डण्डी प्रयोग गर्दै आएको १६ एमएमका डण्डी भाँचिएको खबरले श्रीकृष्णलाई पहिले त विश्वास नै लागेन।

हालसम्म स्वयम्भू सानो भर्याङस्थित डी.पी हार्डवेयरबाट २० लाख माथिको डण्डी किनिसकेका उनले पछिल्लो पटक मात्रै २ लाख ४२ हजारको डण्डी किनेका थिए । 

डण्डी मर्काउँदा भाँचिन थालेपछि उनले कम्पनीमा खबर गरे। उनकाअनुसार कम्पनीबाट मार्केटिङ म्यानेजर भरत श्रेष्ठ प्राविधिक टोली लिएर बोहोराटार पुगेका थिए। तर उनले कमजोरी स्वीकार गर्न तयार भएनन। बरु उल्टै गुणस्तर परीक्षण गराउने र परीक्षण गराउँदा गुणस्तरीय नै रिपोर्ट आउने दाबी गरेर फर्किए। उनकै अगाडी जगदम्बा कम्पनीका फलामे रड  भाँचेर देखाउँदा समेत नपत्याएको प्रत्यक्षदर्शीको भनाई छ । 

‘कम्पनीबाट आएको टोलीले त हामीले मर्काउन नजानेको पो भने’ एक जना कामदारले भने, ‘८-९ वर्ष भयो निर्माण क्षेत्रमा काम गर्दै हिडेको, अहिलेसम्म यस्तो कमशल रड देखेको थिएँन ।’ 

कम्पनीका मार्केटिङ म्यानेजर भरत श्रेष्ठले आफू प्राविधिक टोली लिएर गएको भएपनि कामदारले मर्काउन नजानेको भनेर आरोप नलगाएको  बिजपाटीलाई बताए । कम्पनीका सेल्स म्यानेजर राजिव जैशवालका अनुसार कम्पनीले नमूना परीक्षण गराउने तयारी थालेको छ । 

‘उहाँहरुले पनि आफ्नो तर्फबाट स्याम्पल टेष्ट गराउने र हामीले पनि टेष्ट गराउने कुरा भएको छ’ जैशवालले भने, ‘रिपोर्ट एक दुइ दिनमा आउँछ, रिपोर्टले हाम्रो कमजोरी देखायो भने हामी जिम्मेवार बन्छौ, उहाँले पनि ठूलै लगानी गरेर घर बनाउँदै हुनुहुन्छ, कमजोर बन्नु भएन । यसमा हामी सचेत छौँ ।’ 

उनले मानवीय त्रुटी भएको हुन सक्ने अथवा ग्रेड उच्च वा न्यून भएका कारण पनि त्यस्तो भएको हुन सक्ने भएकाले आफूहरु त्रुटी नै हुँदैन भनेर दाबी गर्न नसक्ने उनको भनाई छ । ‘कहिलेकाही ह्यूमन इरर भएको हुनसक्छ, ग्रेड हाइ वा लो हुँदा पनि यस्तो हुनसक्छ’ उनले भने ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved