‘चीनमै ६० करोडको स्याउ फाल्यौं, ओली सरकारले सुनेन, बैंकले बुझेनन्’ (भिडियोसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 16, 2020 | 12:03:56 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत्र ११ गते नेपालमा लकडाउनको घोषणा हुँदा चीनले लकडाउन करिब करिब खुल्ला गरिसकेको अवस्था थियो । नेपाली व्यवसायीले चीनबाट ल्यान तयारी अवस्थामा राखेका स्याउ सिमा नाका बन्द हुँदा उतै रोकियो । व्यवसायीले भन्सार तिरिसकेका बस्तु पनि ल्याउन पाएनन् । अहिले पनि चीन तर्फका दुबै नाका तातोपानी र रसुवागढी बन्द नै छन् ।

२ सय बढी केन्टनरहरु चीनमै अलपत्र परे । यी कन्टेनरमा ५० देखि ६० करोड नेपाली रुपैयाँ बराबरको स्याउ लोड गरिएको थियो । तर १० महिनासम्म पनि त्यो स्याउ नेपाल आउन नसकेपछि कन्टेनरमै कुहियो र व्यवसायीले उतै नष्ट गरे । 

‘हामीले चीनतर्फ जहा भण्डारण गरेका थियौँ, त्यहाँ राखेकै अवस्थामा स्याउ कुहियो’ नेपाल फलफुल व्यवसायी संघका अध्यक्ष कुमार पाण्डेले भने, ‘त्यसपछि हामीले उतै त्यसलाई नष्ट गरेर भण्डाररण स्थल पनि सफा गरिसक्यौ ।’ 

त्यसपछिको समयमा पनि सिन्धुपाल्चोकमा गएको पहिरोका कारण सामान आउन सकेन । आधा बाटोमा आएको स्याउ पनि फाल्नु पर्यो । व्यवसायीहरुले चीनमा आफूहरुको करोडौ मूल्य बराबरको सामान रोकिएको र त्यसलाई नेपाल ल्याईपुर्याउन कुटनीतिक पहल गरिदिन बारम्बार गरेको आग्रह सरकारले सुनेन ।  

‘हामीले बारम्बार सरकारलाई सामान रोकिएको छ, ल्याउन नीतिगत रुपमान सहजिकरण गर्दिनुपरो भन्यौ’ पाण्डे भन्छन्, ‘तर सरकारले हाम्रो आवाज सुनेन, आज करोडौँ रुपैयाँ नोक्सानी ब्यहोर्दा पनि राष्ट्र बैंकले दिने भनेको २ प्रतिशत ब्याजदरको पुनर्कर्जा फलफुल र खाद्यान्न व्यवसायीले नपाउने भनियो । हामी त घाटा खाने मात्रै पो भयौँ ।’ 

उनले सरकारले दिने भनेको सहुलियतमा पनि विभेद गरेर आफूहरुलाई नदिने भनिसकेका कारण अन्य राहतको आशा नरहेको गुनासो गरेका छन् ।

भिडियोः

यसअघिः

कोरोना असरः फलफुल व्यवसायी भन्छन्, ‘आत्महत्या गर्नुपर्ने भो’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved