मेरो सेयरबाट आईपिओ भर्न पिन कोड अनिवार्य, यस्तो छ सेट गर्ने तरीका (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 11:36:41 AM मा प्रकाशित

laxmi  sunrise bank

अब आईपिओमा आवेदन दिँदा पिन कोड आवश्यक पर्ने भएको छ । आईपिओमा मेरो शेयर मार्फत आवेदन दिँदा यस अघि वान टाइम पासवर्डको प्रयोग हुने गरेकोमा अब चार डिजिटको पिन कोड आवश्यक पर्ने भएको हो ।

सिडीएसले वान टाइम पासवर्डलाई प्रतिस्पथापन गरेर पिन कोडको ब्यबस्था लागु गरेको हो । यसबाट मेरो शेयर सफ्टवेयर थप सुरक्षित हुने सिडीएसले जनाएको छ ।

कसरी लिने पिन ?

यो पिन सिडीएसले पठाउने नभई आफैले आफ्नो इच्छा अनुसार राख्ने पिन कोड हो । पिन कोड सेट नगरेका लगानीकर्ताले मेरोशेयर लगइन गर्दा तल देखाए जस्तो स्क्रिन देख्ने छन् । 

त्यसपछि new transaction PIN लेखिएको स्थानमा आफुले राख्न चाहेको ४ डिजिट पिन कोड राख्नु पर्छ । तल्लो लाइनमा रहेको confirm  transaction PIN लेखिएको स्थानमा पनि सोहि पिन कोड राखेर भेरिफाई गर्नु पर्छ । पिन हलिसकेपछि दाहिनेपट्टि कुनामा पिन सफलतापुर्वक परिवर्तन भएको संदेश सहितको निम्न म्यासेज देखिन्छ । यो म्यासेज केहि समयमा आफै हराउछ  । 

यो म्यासेज आएपछि मात्र  मेरोशेयरमा फेरी लगइन गर्न सकिन्छ ।

पिन कसरी परिवर्तन गर्ने ?

एक पटक पिन कोड सेट गरेपछि त्यसलाई परिवर्तन गर्न पनि सकिन्छ । पिन परिवर्तन गर्नको लागि मेरोशेयरमा लगइन गरिसकेपछि दाहिनेपट्टि माथिल्लो कुनामा रहेको आफ्नो नाममा क्लिक गर्नु पर्छ । त्यसपछि त्यहाँ देखिने ४ वटा अप्सन मध्ये change transction pin मा क्लिक गर्नु पर्छ । पुरानो पिन राखेर आफुले चाहे अनुसार नयाँ पिन सेट गर्न सकिन्छ । 

पिन परिवर्तन गर्दा पिन बिर्सिएमा forgot tranction pin मा क्लिक गरेर थाहा पाउन सकिन्छ  । त्यहाँ क्लिक गरेपछि आफुले दर्ता गरेको इमेलमा पिन पठाईने छ भन्ने संदेश आउँछ। reset क्लिक गरेपछि पुरानो पिन मेलमा आउँछ  । 




भिडियो मा हेर्नुहोस् :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved