चण्डीराजलाई किशोर प्रधानसँग चुनाव लड्न प्रदेश २ अध्यक्ष शाहको चुनौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 07:29:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष शिव कुमार शाह ९हिरा० ले महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललाई किशोर प्रधानसँग चुनाव लड्न चुनौती दिएका छन् ।  जनकपुरमा आयोजित बरिष्ठ उपाध्यक्ष किशोर प्रधान समूहको चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्   । 

कार्यक्रममा अध्यक्ष शाहले चण्डीराज ढकाल महासंघका लागि क्यान्सर भएको आरोप लगाए । कोरोना महामारीको वर्तमान समयमा सहमतिमा नै महासंघको आगामी नेतृत्व चयन हुनुपर्ने भएपनि ढकालले नै सहमतिको वातावरण विथोलेको उनको आरोप छ ।


चण्डीराज ढकालले महासंघमा जहिल्यै भाडभैलो मच्चाउने गरेको भन्दै उनले अब यो क्यान्सरको उपचार गर्ने बेला आएको बताए । उनले पूर्व अध्यक्ष ढकाललाई विरष्ठ उपाध्यक्षमा चुनाव लडेर किशोर प्रधानको सामना गर्न चुनौती पनि दिए ।

“मदन भण्डारीले राजालाई आखा नझिम्काईबक्सियोस् भनेको हामी सम्झन्छौ“ शाहले भने “यो माता जानकीको पवित्र जन्मभूमिबाट म उहाँलाई चेतावनी दिन चाहन्छु, तपाईं सक्नुहुन्छ भने कुनै एक व्यक्तिलाई बोकेर होइन, आफैं वरिष्ठ उपाध्यक्षमा चुनाव लड्न आउनुहोस् किशोर प्रधान त्यसको सामना गर्न तयार हुनुहुन्छ ।“

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved