'अहिलेको समस्या कसरी पढाउने भन्ने होइन' ब्रिजवाटर कलेजका एमडी वाग्लेको विचार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 19, 2020 | 03:05:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाले विश्वको अवस्था मात्र नभई बिगतका दिनचर्या र दैनिकीको तौर तरिकामा पनि ठुलो परिवर्तन ल्याएको छ। चीनको वुहानमा देखिएको कोरोनाले अहिले विश्वलाई नै आफ्नो चपेटामा लिएको छ। 

विश्वका अन्य देश कोरोनाको महामारीले प्रभावित हुँदा नेपालमात्र अछुत रहने कुरै भएन। नेपालले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न उपायहरु अपनाउदै आएको छ। चैत ११ देखि सुरु भएको लकडाउन प्रयक्ष अप्रत्यक्ष रुपमा अहिलेपनि उस्तै छ। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले करिब करिब सबै क्षेत्र प्रभावित छन्। दैनिक उपभोगका अति आवश्यक बस्तु तथा सेवासँग सम्बन्धित व्यवसाय आंशिक रुपमा संचालनमा रहेपनि अन्य क्षेत्र ठप्प जस्तै छन्। 

अन्य क्षेत्र प्रभावित हुँदा महत्त्वपूर्ण क्षेत्रका रुपमा लिईने शिक्षा क्षेत्र पनि प्रभावित भएको छ। चैत ११ यता शैक्षिक सँस्थाहरु बन्द छन् भने शैक्षिक सत्र नै प्रभावित हुने अवस्था देखिएको छ। 

यदि कोरोनाको असर हुन्थेन भने अहिले कक्षा ११ को भर्ना तथा कक्षा १२ को परिक्षा भईसकेको हुन्थ्यो। त्यति मात्र नभई स्कुल र प्रि स्कुलहरुले भर्ना गरेर पढाई नयाँ शैक्षिक सत्र थालिसकेका हुन्थे। 

तराई, हिमाल, पहाड मिश्रित भूगोल भएको, त्यसमा पनि प्रविधिलाई राम्रोसँग आत्मसाथ गरिनसकेको, परम्परागत रुपमा चलेका सरकारी निकाय भएको नेपालको शिक्षा क्षेत्र कोरोनाले धेरै नै प्रभावित भएको छ। 

शिक्षा क्षेत्रलाई अहिलेकै अवस्थामा प्रभावित रहिरहन दिने वा अहिलेको यो कठिन अवस्थामा विकल्प खोजेर अगाडी बढ्ने भन्ने बिषयलाई लिएर सरकार आफैं अन्यौल देखिन्छ।

अब कसरी अगाडी बढ्ने भन्ने बिषयमा सरोकारवालाहरुले बिभिन्न माध्यम मार्फत सरकारलाई आ आफ्ना बिचार तथा राय सुझाब दिईरहेका छन्। शिक्षा क्षेत्रमा अहिलेको अवस्था र अब के हुनुपर्छ भन्ने बिषयलाई लिएर बिजपाटी डटकमले कालिका लघुवित्तका संचालक समेत रहेका ब्रिजवाटर एडुकेशन फाउन्डेसन तथा रिसर्च सेन्टरका प्रबन्धक निर्देशक चार्टड एकाउन्टेन्ट अनुराग वाग्लेसँग कुराकानी गरेको छ। 

वाग्ले भन्छन;-

चैतको ११ देखि लकडाउन सुरु भएपनि सरकारले चैत ५ गतेसम्म सबै परिक्षा सक्न निर्देशन दियो र त्यहिअनुसार कलेजहरुले आफुलाई तयार गरे। ब्रिजवाटरले कक्षा १०, ११ र १२ का बिद्यार्थीलाई मुखैमा परिक्षा छ भनेर रिभिजनका लागि तुरुन्त अनलाइन मार्फत कक्षा लियो। 

सम्भवत अनलाइन मार्फत कक्षा लिने कलेजहरु मध्ये ब्रिजवाटर पहिलो नै थियो। अवस्था जे भएपनि बिद्यार्थीले पढेको कुरा बिर्सिनु हुदैन भनेर हामीले चैत १५-१६ देखि नै अनलाइन मार्फत रिभिजन कक्षा संचालन गर्यौं। 

थोरै अवधिलाई लकडाउन होला भन्ने थियो त्यहिभएर एक महिना सामान्य रुपमै बित्यो। तर एक महिनाको अवधिमा पनि अवस्था सामान्य नहुने देखेपछि हामीले कक्षा १० लाई पनि निरन्तर अनलाइन मार्फत पढाई रहयों। 

यो अवधिमा शिक्षकले पनि समन्वय गर्नुभयो। शिक्षकहरुले पनि सिकेर अनलाइन मार्फत पढाउन थाल्नु भयो। हामीले अनलाइन मार्फत निरन्तर कक्षा लिएपनि यो कठिन अवस्थालाई ध्यानमा राखेर अभिभावकहरुसँग शुल्क लिएका छैनौं। कलेजले आफ्नै तरिकाले शिक्षकहरुको आवश्यकता पुरा गर्दै आएको छ। 

अनलाइन मार्फत निरन्तर कक्षा लिएपनि यो कठिन अवस्थालाई ध्यानमा राखेर अभिभावकहरुसँग शुल्क लिएका छैनौं

हाम्रो खर्च भईनैरहेको छ तर यसका लागि विद्यार्थीका अभिभावकलाई ब्रिजवाटरले कुनै दबाब दिएको छैन। यतिसम्मको सामान्य रुपमा परिक्षा लिनुअगाडी नै शुल्क उठाईसकेको हुन्छन तर ब्रिजवाटरले सरकारको निर्देशनलाई पालना गरेर चैत ५ भित्रै स्कुलको परिक्षा सक्यो तर शुल्क नदिएको भनेर कसैलाई परिक्षामा रोकेनौं। बरु शुल्क पछि उठाउदै गर्छौं अहिले परिक्षा दिन लगाईहालौं भन्ने उदेश्यले शुल्क बीनानै परिक्षा समेत लियौं। 

फुल फेजमा नचलेपनि, बिगतमा झैं स्कुलमा आएर भर्ना नगरेपनि बैशाखदेखि नै स्कुलहरु संचालन गरिरहेका छौं। अभिभावकसँग वित्तीय कारोबार नगरेपनि स्कुल र प्रि स्कुलका कक्षाहरु अनलाइन मार्फत संचालन गरिरहेका छौं। अनलाइन मार्फत नै अभिभावकको निगरानीमा बिद्यार्थीलाई पढाईरहेका छौं। 

सीए का बिद्यार्थीमा अनलाइन कक्षा प्रभावकारी 

लकडाउन हुने बित्तिकै संचालन गरिएका अनलाइन कक्षामा सहभागिता कम थियो भने प्रभाव नै कम नै देखिन्थ्यो। ब्याचलर, सीए का कक्षाहरुमा सहभागिता राम्रो देखिएपनि प्रि स्कुल र स्कुल र कलेजका बिद्यार्थीमा सहभागीता कम देखियो। 

सम्भवत: अभिभावकहरु पनि लकडाउन थोरै समयलाई हुन्छ भन्नेमा रहेर त्यति सिरियस नहुनु भएको होला र बिद्यार्थीलाई पनि केहि दिन वा स्कुलको लामो होलिडे जस्तो भएर होला सुरुवाती दिनमा स्कुल र प्रि स्कुलका कक्षाहरु अनलाइन मार्फत प्रभावकारी नभएको । 

तर सीए का बिद्यार्थीमा अनलाइन कक्षा प्रभावकारी नै देखिएको छ। बिसीए लगायतका ब्याचलर लेभलका कक्षा पनि अनलाइन मार्फत प्रभावकारी नै देखिएको छ। काठमाडौं बाहिर घर भएका बिद्यार्थी उतै बसेर पढ्दा इन्टरनेट लगायतका कारणले अनलाइन कक्षा केहि प्रभावित भएका छन्। 

अबको बाटो 

लकडाउन लम्बियो भने अनलाइन कक्षालाई आत्मसाथ गरेर अगाडी बढ्नुको विकल्प छैन। दशैं पछि स्कुल खुल्ने अपेक्षा छ तर दशैं पछि खुलेका दिनमा यो शैक्षिक सत्रका कक्षाहरु पढाएर सक्छौं त भन्ने अहिलेको अहम प्रश्न हो।

दशैंसम्म भ्याकेसिन आउँछ, अवस्था सामान्य हुन्छ र स्कुल पनि संचालन हुन्छ भन्ने पनि छैन। त्यहि भएर पनि अनलाइन कक्षालाई अहिलेदेखि नै निरन्तर गर्नुको विकल्प छैन। हामीले अनलाइन कक्षालाई जुममा सिमित नराखेर आफ्नै टेक्नोलोजी एनवेल्स को माध्यमबाट अनलाइन कक्षा संचालन गरिरहेका छौं। 

समस्या के ?

हामीले अनलाइन मार्फत कक्षा संचालन गरेर पनि अहिलेको समस्या समधान हुने देख्दिन। सरकारी तथा निजि बिद्यालयले अनलाइन मार्फत बिद्यार्थीलाई पढाउँन सक्छन त्यसमा कुनै शंका नै छैन तर बिद्यार्थीको परिक्षा लिदीन सरकार तयार छ त भन्ने अर्को महत्त्वपूर्ण प्रश्न हो। 

यहाँ पढाउँन समस्या होइन, पढेका बिद्यार्थीले परिक्षा कसरि दिन्छन र सरकारले त्यसको व्यवस्थापन कसरि गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण हो। प्रि स्कुल र कक्षा ७ सम्मका बिद्यार्थीलाई सम्बन्धित बिद्यालयले नै परिक्षा लिने वा उनीहरुको मुल्यांकन गरेर नतिजा दिन सक्छ तर कक्षा ८ , एसई र ११, १२ र ब्याचलर, सीए, बिसीएस लगायतका परिक्षाहरु सरकारले कसरि संचालन गर्छ भन्ने पाटो स्पस्ट छैन। सरकारले कसरी परिक्षा लिन्छ भन्ने स्पष्ट छैन र त्यसको लागि तयारी गरेको पनि देखिदैन।  

बिद्यार्थी र कलेजले मात्र अनलाइन गरेर समस्याको समाधान हुदैन। सरकारले पनि अनलाइन मार्फत परिक्षा लिन सक्ने पूर्वाधार बनाएको छ कि छैन भन्ने हो। बिद्यालयले पढाएकै छन र परिक्षा लिएर पार लगाउने काम सरकारको हो। 

अनलाइन कक्षा दिर्घकालिन समाधान हो ?

नेपालको भूगोललाई हेर्दा र यहाँको पूर्वाधार हेर्दा देशभर अनलाइन कक्षा संचालन पक्कै पनि समाधान नहुन सक्छ। काठमाडौं मात्र हेरेर हुदैन, नेपालका विकट क्षेत्र पनि हेरेर नीति नियम बनाउनुपर्छ। 

त्यसैले अनलाइन मात्र विकल्प हुन् सक्दैन। बिद्यालयले भएका पूर्वाधारलाई नै अनुशाशित भएर चलाए भने भौतिक दुरी कायम राखेर बिद्यालय संचालन गर्न सक्ने अवस्थामा छन्। 

भौतिक दुरी कायम राखेर, बिद्यार्थीलाई अनुशासनमा राखेर निजि क्षेत्रका लगानीका कलेज तथा स्कुलहरुले कक्षा संचालन गर्न सक्षम देखिन्छन। तर यसको लागि सरकारले मापदण्ड बनाइदिनु पर्छ। 

ब्रिजवाटर बारे प्रबन्धक निर्देशक वाग्ले 

ब्रिजवाटरले प्रि स्कुल, स्कुल, कलेज, ब्याचलरमा बिसीए, बिबिएस र सीएका कक्षाहरु संचालन गर्दै आएको छ। म्यानेजमेन्ट को लागि ब्रिजवाटर भनेर परिचय नदिएपनि चार्टड एकाउन्टेन्टहरुको समुहले व्यवस्थापन गरेर संचालन गरेको कलेज भएकाले बजारमा म्यानेजमेन्टमा राम्रो गर्ने  कलेज भनेर चिनिएको छ। 

यस कलेजको व्यवस्थापन हेर्ने समुहले नै चार्टड एकाउन्टेन्टका कोर्सहरु पढाउने 'एओसी इन्स्टिच्युट' संचालन गर्दै आएको छ। सीए ब्याकराउण्डका व्यक्तिबाट चलेको कलेज भएकाले पनि भविष्यमा सीए पढ्ने लक्ष्य लिएकाहरुको रोजाईमा ब्रिजवाटर पर्दछ।  

व्यवस्थापन लिएको दुई बर्षमा नै ब्रिजवाटरले छुट्टै पहिचान बनाएको छ र बिद्यार्थीको रोजाई पनि बनेको छ। कुनै नयाँ कम्पनी भन्दा पनि पुरानो व्यवस्थापनलाई नै टेकओभर गरेर नयाँ ढंगले संचालन गरेका छौं। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved