‘नेपालमा पर्यटकलाई खानामा विष मिसाएर खुवाईन्छ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 18, 2018 | 12:03:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकार सन् २०२० सम्ममा २० लाख पर्यटक नेपाल ल्याउने महत्वकांक्षी योजनाका साथ पर्यटन वर्षको तयारीमा छ । सन् २०२० लाई भिजिट नेपाल वर्षका रुपमा मनाउने उद्घोष गरेको सरकार अहिले नेपालको पर्यटकीय गन्तव्यको प्रचार र नयाँ गन्तव्यको पहिचानमा ब्यस्त छ ।

यसरी देशको पर्यटकीय स्थलको विषयमा अन्तराष्ट्रिय समुदायलाई जानकारी दिने काम आफैँमा सह्रानीय छ । तर केही समयअघि खुबै चर्चा कमाएको पर्यटनको एउटा विषय हो, फेक रेस्क्यु । यसले अन्तराष्ट्रिय जगतमा नेपालको पर्यटकीय क्षेत्र सुरक्षित छैन भन्ने सन्देश गएको छ । सरकारले अझैपनि फैलिएको त्यो गलत अफवाहलाई चिर्न सकेको छैन । केही हेलिकप्टर कम्पनी,  हस्पिटल, ट्राभल कम्पनी लगायतकालाई कारबाहीको सिफारिस भएपनि कारबाही भए नभएको जानकारी अझैपनि छैन ।

कुन कुन कम्पनी थिए कारबाहीको सूचिमा ?

नेपाल आउने पर्यटकलाई नक्कली उद्धारको नाममा ठगी गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले १५ संस्थालाई कारबाहीको सिफारिस गरे पनि डेढ महिनासम्म कसैलाई कारबाही भएको छैन । सरकारी निकायले नै सरकारको निर्देशन अटेर गर्दापनि पर्यटन मन्त्री रविन्द्र अधिकारी भने नेपालको पर्यटन क्षेत्रका बिषयमा सकारात्मक संदेश  प्रवाह भईरहेको दाबी गर्छन् । 

मन्त्रालयले नेपाल आउने विदेशी पर्यटकलाई पदयात्राका क्रममा उद्धार गर्दा चर्काे रकम असुली गरेको विषयमा छानबिन समितिले १५ संस्थालाई दोषी ठहर्याउँदै कारबाहीका लागि विभिन्न निकायमा सिफारिस गरेको थियो । 

छानबिन समितिले ३ हेलिकप्टर कम्पनी, ८ ट्राभल तथा उद्धार संस्था र ४ अस्पताललाई कारबाही गर्न सिफरिस गरेको थियो । हेलिकप्टर कम्पनीमा मनाङ एयर, एयर डाइनेस्टी र हेली एभरेष्ट छन् । त्यस्तै ट्राभल तथा उद्धार संस्थामा हिमालय सोसल जर्नी, माउन्टेन रेस्क्यु, अल्पाइन रेस्क्यु, इगल हेली, माउन्टेन हेली, इजी हेली, कैलाश चार्टर्ड र फ्लाइट कनेक्सन परेका छन् । त्यस्तै अस्पतालमा बयोधा, स्वागन, न्यू ईरा र सिविक छन् ।

विदेशीहरु अझैपनि नेपाल असुरक्षित छ नै भनिरहेका छन् । त्यति मात्रै होईन, उनीहरु त नेपाली गाईड र होटलले खानामा विष मिसाएर खुवाउने गरेको समेत भन्न थालेका छन् । अन्तराष्ट्रिय जगतमा फैलिएको यस्ता गलत प्रचारलाई राज्य स्तरबाटै समाधान गरिनुपर्ने पर्यटन विदहरुको सुझाव छ ।

एक अष्ट्रेलियाली नागरिकले पठाएको इमेल :
How was the start of the season this year? I hope will get more bookings than just this 2 ones. Unfortunatelly there wer some bad reports about tourism in Nepal in the European media. Some guides and agencies have put some poison in the tourists food so that they have been brought to hospital by helicopter and the agency could take the money from the insurances of the tourists. This is of cause no good thing because now people are re-thinking about their plans to visit Nepal because they are worried about what could happend when they are on a track. I hope that this has been stopped now because I know how important it is to get tourists to visit your country.




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved